सवाल करारका कर्मचारीको :-लफडा काँग्रेस र एमालेको

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन् । सोमबार उनीहरूले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् ।

बिज्ञापन

बहुमत सदस्य उपस्थित हुँदाहुँदै पनि मेयर धनराज आचार्यले नगरसभा स्थगित गरेको भन्दै कांग्रेसले सोमबार तालाबन्दी गरेको हो । आचार्य एकीकृत समाजवादी पार्टीका नेता हुन् भने सत्तामा कांग्रेस र नेकपा एमाले छन् ।

बिज्ञापन

मेयरले सभा स्थगित गरेपछि विरोधमा ताला लगाइएको जनाइएको छ । यसअघि नगर सभा बैठक एमालेले बहिष्कार गरेका थिए । एमालेको बहिष्कारपछि सभा स्थगित गरिएको हो । करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दबाब दिँदै सत्तारुढ एमालेले नगर सभा बैठक बहिष्कार गरेको थियो । बहिष्कारपछि मेयर आचार्यले नगर सभा बैठक स्थगित गरेका थिए ।
सो लगतै काँग्रेसले मेयर,उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालबन्दी गरेको हो । पोखरामा करारमा कर्मचारी नियुक्तिको विषय विवादमा पर्दै आएको छ । एमालेका जनप्रतिनिधिहरुले करारमा रहेका प्राविधिकतर्फका कर्मचारी हटाउन नहुने अडानमा थिए। तर कांग्रेस भने त्यो निर्णयको विपक्षमा रहँदै आएको छ ।

यो बिषय अदालत पुगेको थियो । उच्च अदालत पोखराले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश नदिएसँगै पोखरा महानगरपालिकामा कार्यरत करारका कर्मचारी हटाउने बाटो खुलेको छ । महानगरपालिकाले नगरसभाबाटै निर्णय गरेर माघ १ गतेदेखि करार कर्मचारीको नियुक्ति नवीकरण नगर्ने जनाएको थियो ।

बिज्ञापन

सो निर्णयविरुद्ध एमालेका नेता लेखबहादुर तामाङ सहितले दायर गरेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिन इन्कार गरेसँगै महानगरपालिकामा करार सेवामा कार्यरत कर्मचारी हटाउने बाटो खुलेको हो ।

यसअघि पुस २८ गते मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । हिजो दुबै पक्षलाई बोलाएर छलफल गरेपछि डिभिजन बेन्चले अन्तरिम आदेश दिन इन्कार गरेको हो । दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीशद्वय मेरिना श्रेष्ठ र उमेश कोइरालाको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नरहेको भनेको छ ।

यस अघि कात्तिक २८ गते बसेको नगरसभाको विशेष बैठकले करार कर्मचारीको नियुक्ति नवीकरण नगर्ने निर्णय गरेको थियो ।
उच्चको आदेश पछि महानगरपालिकामा कार्यरत स्वास्थ्यतर्फका ५५ जना जना र अन्य करिब ३० जना हाराहारी कर्मचारी करार नवीकरण हुँदैन । यसअघि नै गरिएको निर्णय अनुसार २८ प्राविधिक कर्मचारी र ७ जना शिक्षिका तथा सामाजिक परिचालितकालाई हटाइसकेको छ । यही बिषयको लफडा हो यो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष