“पवित्र उदेश्यले मन्त्रालय आएको हुँ, बैंकबाट काजमा खटिएको होइन”

उर्जा मन्त्री दीपक खड्काको अर्थ विज्ञ सल्लाहकार अमित श्रेष्ठले कर्मचारी प्रेस अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।

बिज्ञापन

एक निजी बैंक नविल बैंक (न्यूरोड शाखा)मा कार्यरत श्रेष्ठलाई उर्जा मन्त्रीको अर्थ विज्ञ सल्लाहकारमा नियुक्त गरिएको बिषयमा ०८१ पुस ४ गते अनलाइनमा ‘मन्त्रीको सचिवालयमा धमाधम नविल बैँकका कर्मचारी, अख्तियार भन्छ ’अनैतिक’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

बिज्ञापन

समाचार प्रकाशन भएलगतै अर्थ विज्ञ सल्लाहकारको वोर्ड हटाइएपछि पुन १२ पुसमा ‘निजी बैँकका कर्मचारी मन्त्रीका सल्लाहकार, समाचार आएपछि वोर्ड गायब’ शीर्षकको समाचार प्रकाशन गरिएसँगै उनले उक्त समाचारले मन्त्री एवम् मन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आम नागरिकमा भ्रम सिर्जना गरेको र समाचारमा कुनै सत्यता नरहेको भन्दै उनले उक्त समाचारको खण्डन गरेको हुन ।

श्रेष्ठले समाचारले भनेजस्तो आफू काजमा मन्त्रालयमा नखटिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, कुनै पनि प्रकारको सेवा सुविधा नलिने गरी मन्त्रीज्यू र राज्यलाई केही योगदान दिउँ भनेर मेरो कार्यव्यस्तताका बाबजुद केही समय निकालेर मन्त्रालयमा आएको हुँ । मेरो संलग्नता र उपस्थिती शुद्ध मनका साथ मेरो ज्ञान र सीप राज्यलाई दिन सकिन्छ कि भनी केवल सहयोग मात्र गर्ने उदेश्यका साथ उपस्थिती रहेको व्यहोरा जानकारी गराउँछु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष