कर्मचारीले सम्पादन गरेको कामलाई पूर्वनिर्धारित मापदण्ड र सूचकसँग तुलना गरी कर्मचारीले गरेको कामको स्तरीकरण ,मापन र लेखाजोखा गर्ने प्रशासकीय विधिलाई कार्यसम्पादन मूल्यांकन भनिन्छ। कार्यसम्पादन मूल्यांकनले कर्मचारीको हालको कार्यसम्पादन स्तर र भविष्यमा जिम्मेवारी वहनको संभावित क्षमतालाई समेत मूल्यांकन गर्दछ।सम्पादित कामको परिमाण, लागत, समय र गुणस्तर समेतलाई आधार मानि कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने गरिन्छ। कर्मचारीको कार्यसम्पादन मूल्यांकन ६/६ महिनामा, एक वर्षमा वा संगठनको आवश्यकता अनुसार गर्ने गरिन्छ।
बिज्ञापन
कार्यसम्पादन मूल्यांकनको अवधारणा प्राचीन चीनवाट शुरु भएको मानिन्छ। प्राचीन चीनका शासकले आफ्ना परिवारका सदस्य तथा मन्त्रीहरुले गरेको कामको मूल्यांकन गर्ने परिपाटिको शुरुवात गरेका थिए। त्यसै गरी पहिलो विश्व युद्दमा अमेरिकी सैनिकले आफ्ना सैनिकको कार्यसम्पादन मूल्यांकन गरेको देखिन्छ। व्यवस्थापकीय क्षेत्रमा भने सन् १९५० को दशकदेखि कार्य सम्पादन मूल्यांकनको प्रयोग हुन थालेको हो।
बिज्ञापन
कार्यसम्पादन मूल्यांकनको उद्देश्यरआवश्यकता र महत्व
१) कर्मचारीको हालको कार्यसम्पादनको स्तर जाँच गर्नु तथा कर्मचारीका कार्यसम्पादनका सवल र दुर्वल पक्ष पत्ता लगाई कर्मचारीको दुर्वल पक्षको सुधार गर्नका लागि कर्मचारीलाई पृष्ठपोषण दिई कर्मचारीको कार्यसम्पादनमा सुधार गर्नु।
२) का.स.मू वाट प्राप्त नतिजाले व्यवस्थापनले कर्मचारीलाई दिने पुरस्कार तथा दण्ड सजायका सम्वन्धमा निर्णय लिनका लागि आधार तयार गर्छ।
३) का.स.मू द्दारा कर्मचारीमा रहेका कमिकमजोरीको वारेमा थाहा पाउन सकिन्छ।त्यस्ता कमिकमजोरी सुधार गर्नका लागि के कस्ता तालिम तथा विकासका कार्यक्रम सन्चालन गर्नुपर्ने हो सो सम्वन्धमा निर्णय लिनका लागि का.स.मू ले सहयोग गर्दछ।
४) कर्मचारीहरुको सरुवा ,वढुवा तथा अवकाशका लागि निर्णय लिने एक प्रमुख आधार समेत का.स.मू हो।उच्च कार्यसम्पादन भएका कर्मचारीहरुलाई वढुवा गर्ने, अत्यन्त कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई अवकाश दिने तथा व्यक्तिको कार्यसम्पादन र पदविच सामन्जस्यता कायम हुने गरी सरुवा गर्नका लागि का.स.मू ले आधार तय गर्छ।
५) तलव तथा अन्य सुविधावारे निर्णय लिन।
६)संगठनमा उत्तराधिकारी योजना लागु गर्न।
७) छनौट परीक्षाको वैधता प्रमाणित गर्ने आधार समेत का.स.मू हो।
८) कर्मचारी प्रशासनका सरुवा, वढुवा, तालिम, अवकाश, पुरस्कार लगायतका नीति निर्माणका लागि समेत का।स।मू ले सहयोग पुर्याउँछ।
९) कर्मचारीको वृती विकास योजना तर्जुमाका लागि समेत का.स.मू ले आधार तयार गर्दछ।
माथि उल्लेखित विभिन्न उद्देश्य पुरा गर्नका लागि कार्यसम्पादन मूल्यांकन प्रयोग गर्नुपर्ने सैद्दान्तिक मान्यता भएपनि नेपालमा कार्यसम्पादन मूल्यांकन केवल वढुवा प्रयोजनका लागि मात्र प्रयोग गरेको देखिन्छ। अत : कार्यसम्पादन मूल्यांकनलाई थप वैज्ञानिक र वस्तुगत वनाउँदै कार्यसम्पादन मूल्यांकनको वहुउद्देश्यीय प्रयोग गर्नु आजको आवश्यकता हो।
बिज्ञापन