बिज्ञापन
‘गौंथली चिरबिर गर्दैन भने त्यो होइन गौंथली, कोइली कुहु भन्दैन भने त्यो होइन कोइली । गर्भ नै बाट आउँछन् सबै भेष र भाषाली, यो भेष र भाषा नबिर्सांै हामी, हिमाली नेपाली । भाषा र संस्कृति सबको जनमको, सबको जनमको अधिकार, कसैमा यो धुन नहोला भने त्यसैलाई छ मेरो धिक्कार….. बाँच्नलाई गाँस नभए भइगो आमा चाहिन्छ, मर्मको कुरा खोल्न गर्भको, गर्भको भाषा त चाहिन्छ…।’ मन्त्र ब्याण्डको यो गीतमा भनिएझैं के हामी सबै नेपाली हाम्रो भेष र भाषाप्रति उत्तिकै सचेत छौं त ? राष्ट्रियताको महत्वपूर्ण अंश हो भेषभूषा र भाषासंस्कृति, जुन अत्यन्त धराप स्थितिमा देखेरै मन्त्र ब्याण्डले पनि सचेतनाको लागि यस्तो गीत निकाल्यो । कतिले सुनेका हौंला र ? राष्ट्र र राष्ट्रियताको मामिलामा अचेत हुँदै गइरहेका हामी नेपालीहरु हिन्दी भाषाका गीतसंगीत सुन्न, हिन्दी चलचित्र हेर्न र हिन्दीमै बोल्नमा रमाइरहेका छौं । मोडर्न जमानामा भेषभूषा आधुनिक भएपनि भाषासंस्कृतिको त हामीले ख्याल गर्नुपने होइन ?
बिज्ञापन
आफ्नै भूमिमा भारतीयहरुसँग ठुटे हिन्दी बोल्नमै आफूलाई महान ठान्ने भइसक्यौं हामी । नेपाली–नेपाली एकापसमा कुरा गर्दा त बीच बीचमा हिन्दी उखानटुक्का मिसाएर बोल्ने प्रवृत्ति हावी हुँदैछ । हाम्रो यस्तो हर्कतले हाम्रो देशमा राष्ट्रियताको चिरहरण भइरहेको भने पत्तो छैन हामीलाई । आज सिंगो नेपाल पूरै भारतमय भइसकेको छ ।
देशको विकास तथा रक्षामा लाग्नुपर्ने युवाशक्ति जति सबै बाहिर । यता नेपालमा विदेशी, खासगरी भारतीयहरुको जगजगी अचाक्ली भइसक्यो । नढाँटी भन्ने हो भने विदेशी भूमिमा मात्र होइन, आफ्नै देशमा शिर झुकाएर, हेपिएर, चेपिएर, खुम्चिएर, निस्सासिएर बाँच्नु परिरहेको अत्यन्त लाचार अवस्थामा छौं हामी । नेपालमा जता गएपनि, जता हेरेपनि हिजोआज हिन्दी भाषा नै बढी गुन्जिन्छन्, भारतीय अनुहार नै बढी देखिन्छन् । हुन त हाम्रो आँखा नै कहाँ छ र ? नेपथ्यका अमृत गुरुङले ‘कसैले सोधे…’ बोलको गीतमा त्यसै भनेका होइनन्, ‘कुरा नलुकाई भन्न मन लाग्छ– आँखा छ हाम्रो तर देख्छ अरुले । कलम छ हाम्रो तर लेख्छ अरुले । गाउँ छ हाम्रो तर बस्छ अरु नै । जीवन छ हाम्रो तर खेल्छ अरु नै ।’
बिज्ञापन
मधेसी नागरिकको नकावमा अधिकांश भारतीयहरु आएर नेपालमा ब्रह्मलुट मच्चाउँदै छन् । मधेसमा पहिल्यैदेखि भाषा र संस्कृतिमाथि प्रहार भएकोले आज नेपाल हो कि भारत चिनिँदैन । नक्सालेमात्र देश कहाँ चित्रित हुन्छ र हजुर ? रहनसहन, भाषा, संस्कृतिको सही संरक्षण हुनुप¥यो नि ¤ मधेसको पनि आफ्नै दुःख छ, अशिक्षा, बेरोजगारी व्याप्त छ । यसमा भारतले नराम्ररी खेलिरहेछ । मधेसतिरका नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारतीय विस्तारवादले नेपालमा ठूलै घुसपैठ गर्दै आएको छ । भारतबाट अपराधीहरु आएर मधेसमा मिसिएपछि कसले चिन्ने ? मधेसमै उनीहरुले अपराध गर्दा पनि नदेखिने, लुक्ने, लुकाउने बाटो छ । त्यसैले मधेस पनि अत्यन्त आक्रान्त छ भारतीय पक्षबाट । कहिले भाषा, कहिले भूगोल र धर्मका नाममा मधेसमा बस्ने नेपाली जनतालाई निकै सताइएको छ । मधेस हुँदै हुँदै उनीहरु पहाड–हिमाल जताततै घुसिसके । बरु हामी नेपाली पुगेका नहौंला तर नेपालको कुनै कुनाकाप्चा छैन, जहाँ भारतीयहरु नपुगेको र आफ्नो अखडा नजमाएको होस् ।
नारायणगढ, भरतपुर जस्तो मध्य नेपालमा समेत भारतीय मूलका मानिस भरिभराउ देखिन्छन् । जुनसुकै गल्लीमा छिर्ने हो भनेपनि नेपाली भन्दा भारतीय अनुहार नै धेरै देखिन्छ । माग्ने उनै । जोगी उनै । व्यापारी–व्यवसायी अनि कर्मचारी उनै । ढाेंगीहरुलाई पनि हामीलाई जोगी भन्न सिकाइयो पहिल्यैदेखि । बच्चालाई समेत मागेर लुट्न पठाउँछन् भारतीयहरु । अंगभंग भएकाहरुलाई समेत यहीँ ल्याएर माग्न छोडिएको छ । हातखुट्टा नभएका अपांगलाई बीच सडकमा सुताएर माग्न खटाइएको छ । हामीलाई भने हाम्रै बाटोमा हिँड्ने ठाउँ छैन ¤
भारतीयहरुको दासदासी झैं अधिकांश नेपालीको हालत छ । मरेको देशीले जिउँदो नेपालीलाई ठग्छ भन्ने उक्ति सानैमा सुनिएको हो । भारतीयलाई जमानादेखि ‘देशी’ भन्न सिकाइएको छ नेपालमा, जबकि उनीहरु ‘विदेशी’ हुन् । भैया भन्नुपर्ने रे ¤ हामीले उनीहरुलाई देख्नेबित्तिकै सानैदेखि भैया भन्दै आयौं । दाइभाइ नै भनेर सम्बोधन गर्ने हो भने पनि नेपालीमै किन नगर्ने ? तर यहाँ २० वर्षदेखि पान पसल चलाएर बसेको भारतीयसँग केही किन्न जाँदा हरकोही शिक्षित भनाउँदा नेपालीहरु नै ‘भैया ए दिजिए, वो दिजिए’ भनेर हिन्दी भाषामा कुरा गर्छाैं । ऊ (भारतीय) भने नेपाली भाषा जानेर पनि बोल्दैन । अनि मान्छे हेरेर नेपाली लाई ‘तु’ भनेर तल्लो स्तरले बोल्न भ्याइहाल्छ । आत्मसाक्षी राखेर भनौं, को–को ले यस्तो भोगेका छौं ? लगभग सबैले ।
उता भारतमा नेपाली भाषा त के नेपाली पैसा पनि चल्दैन । नेपाली फिल्म समेत लगभग चलाइँदैन । भाषा, संस्कृतिको कुरामा भारतीयहरु निकै चलाख छन् । मुख्य राष्ट्रियताको जग भनेकै भेषभूषा, भाषा, धर्म संस्कृति भएकाले कुनै पनि अर्काे देशमा कब्जा जमाउन पहिले त्यस देशको भाषा, संस्कृतिमा कब्जा जमाइन्छ । भारतले नेपालमा सुरुदेखि गरेकै त्यही हो । त्यसैले आज नेपालको राष्ट्रियता मृत्यु शैय्यामा छटपटाइरहेछ ।
भारतीयहरुले यहाँ हिन्दी गीत संगीत नै घन्काउने र अधिकांश हामी नेपालीहरुले पनि उनीहरुकै बोलमा लय मिलाउँदै त्यसैलाई पछ्याउँदा मधेसको भाषा, संस्कृति त उहिल्यै भारतीय कब्जामा पुगिसकेको हो भने अहिले पूरै पहाड र हिमाली भेगमा पनि भारतीय बोल र स्वर नै बढी गुन्जिन्छ । घर–घरमा होस् वा गाडीमा, धेरैजसो हिन्दी गीतसंगीत नै गुन्जिने गरेको पाइन्छ । अझ लाजमर्दाे त के छ भने नेपालीको बिहेमा पनि हिन्दी गीत–संगीत नै घन्किन्छ यहाँ, हिन्दी ब्याण्डको बाजा बज्छ । हाम्रा देवीदेवताका मन्दिरहरुमा समेत हिन्दी भाषाका भजन बजाइन्छन् । नेपाली भजन पनि एक, एक राम्रा छन् । तर अपशोच धेरैजसो हिन्दी नै बजाइन्छ । पशुपतिमै छ यस्तो ¤ पशुपतिनाथको मुख्य पुजारी नै भारतीय छन् त ???? नेपालको मन्दिर–मन्दिर, मस्जिद–मस्जिद जताततै भारतीय घुसिसके । बुद्ध समेत भारतमा जन्मेको भन्दै बौद्धगुम्बासमेत आफ्नो भनिसके । त्यसमाथि ऊँशान्ति, कबीर, सतसाहेब जस्ता धर्मका अनेक हाँगा थपेर भारतीयले नेपाल र नेपालीलाई आफ्नो वशमा पार्दै लगिरहेछन् । धर्मलाई अफिम भनेर कार्लमाक्सले त्यसै भनेका होइन रहेछन् ।
संसारकै अब्बल हाम्रो भाषा, कला, धर्म, संस्कृतिलाई यो वा त्यो रुपमा सिध्याउँदै लगिएको छ । महाभारतको नाममा विशाल नेपाललाई लुछिएको छ । हाम्रो पवित्र हिमालबाट बग्ने पानी समेत चोरेर, जबरजस्ती बाँध छेकेर लगेको छ । यता वर्षेनी बाढीले हामी नेपाली नै मर्नुपरिरहेको छ, हाम्रै घरखेत बगाइरहेछ । हाम्रो जल, जमिन, जंगल, जडीबुटी सबै भारतले नै लुट्दैछ । न हामी जनता बोल्न सक्छौं, न हाम्रो सरकार मुख खोल्न सक्छ ।
खाद्यान्न, तरकारी, फलफूल, नुन, तेल, कपडा, मेसिनहरु सबै सबै भारतबाट आयातमात्र भएको छैन कि यहाँ पनि यी सबैथोकका व्यापारी उनै छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत उनीहरुकै पकड बलियो छ । साँच्चै हामी त आफ्नै देशमा बिरानो भएका छौं । नेपालको खेतीपातीसमेत उनैको हातमा पुगिसक्यो । यहाँ खेतीपातीको ठेक्का लिने भारतीयहरुले हाल्नै नहुने खालका प्रतिबन्धित विषादी हालेर हाम्रो भूमिलाई जर्जर बनाएर, माटोको उत्पादनशीलता मासेर हिँडिरहेका छन् । विनादर्ता घर बनाउँदै, घरघरमा गएर फर्निचर बनाउँदै हिँडेका छन् ।
सडकका चोक–चोक, गल्ली–गल्ली, घरआँगन, अफिस, खेतबारी जताततै भारतीय घुसिसकेका छन् । सडकमा जबरजस्ती ठेला तेस्र्याएर, पैदलमार्गसमेत छेकेर चुरापोतेदेखि कपडा, जुत्ताचप्पल, तरकारी, फलफूल, चटपट, आइसक्रिम बेच्ने अधिकांश भारतीय नै छन् । ग्याँस चुल्हो बनाउन नेपालीको घरचुल्होभित्रै पस्ने भइसके । तर अझै नेपालका कथित बाहुन, क्षेत्रीहरु तल्लो जात भन्दै अर्काे नेपालीलाई आफ्नो घरभित्र हुल्न मान्दैनन् । हाम्रो घरमा घुसेर हाम्रै नेपाली चेलीलाई ¬लोग्नेकै अगाडि हात समातेर चुरा, टीका लगाइदिँदै हिँड्छन् भारतीय लम्फुहरु ।
कवाडी बटुल्नदेखि लत्ताकपडा लगायत लसुन, प्याज बेच्नसमेत साईकल लिएर नेपालका गाउँ–गाउँमा भारतीय नै डुल्छन् । चारकोश परबाट कवाडी, फलाम, सिसी भन्दै कराउँदै घर घरै पुग्छन् । जो चोर उसैको ठूलो स्वर भनेझैं, अवैध रुपमा मालसामान बोकेर बेच्न हिँड्ने भारतीहरुकै चर्काे स्वर सुन्न हामी विवश छौं । भन्सार छली ल्याएका, बिलबिजक विनाका चोरी मालहरु अवैध रुपमा गाउँगाउँमा टोलटोलमा साईकल र ठेलामा बिक्री गर्दै हिँड्दा पनि हाम्रो नियामक निकायले उनीहरुलाई नियन्त्रण गर्न सकेको छैन । हाम्रा प्रहरी, प्रशासन त यो मामिलामा मुकदर्शक र रमिते मात्रै देखिन्छन् । नेपाली जनताको त झन् बोल्ने आँट कहाँबाट हुनु ? भारतीयहरुसँग आँखामा आँखा जुधाएर कुरा गर्ने साहस पनि धेरैमा देखिन्न ।
हेर्दा नेपालकै मधेशी नागरिक जस्ता ती अनुहार देखिएपनि नेपालमा भारतीयहरुको चर्काे घुसपैठ भइसकेको छ । व्यापारीको भेषमा हुन् या हजामको रुपमा । जोगी, पागलको भेषमा पनि उनीहरु कति त सुराकी होलान् । कुर्सीमा बसेर चारैतिर बारेको ऐनाबाट सडकछेउमा बाटोको चारैैतिर उताउताको दृश्य देख्न सक्ने सैलुनवाला होस् वा साईकल–साईकलमा गाउँगाउँ टोलटोल घुम्नेहरु या बाटोबाटोमा ठेलामा अवैध व्यापार गर्दै आएकाहरु पनि सुराकीका लागि नेपालमा योजनाबद्ध तरिकाले कब्जा जमाउन उतैबाट खटिएका हुन सक्छन् ¤ यसतर्फ गहिरो र मिहिन खोजबिन हुन जरुरी छ ।
नारायणी नदी किनारमा धोबी अनि सुन चाल्नेहरु पनि भारतीय नै भेटिन्छन् । नारायणगढ, कमलनगरमा मासु पसलदेखि लायन्सचोक र बालकुमारीमा तरकारी मण्डी, पुतलीबजारको किराना होस् या गोदाम, न्युरोडका ग्यारेज र वर्कशपहरु, सडकपेटीका फुटपाथ, मिलनरोडको फेन्सी, कपडा तथा कस्मेटिक पसल धेरैजसो भारतीयहरुकै छ । सडकपेटीमै जुत्ता सिउने, कपडा सिउने, मकै पोल्ने पनि उनै छन् । सडकपेटीका कति कपडा त सेकेन्ड ह्यान्ड हुने गरेको छ । नेपालीलाई सस्तो भए पुग्छ भन्ने भइसक्यो उनीहरुलाई । तौलेर बेचिने मालमा त्यस्तै घोटाला गर्छन् । भारतीयमूलका ठगहरुले हामी नेपालीलाई तरकारी होस् या फलफूल, हरेक कुरामा तौलमासमेत लटपटाउँदै आएका छन् ।
बच्चालाई दुईदिनमै फुट्ने प्लाष्टिकका खेलौना, बेलुन, फिरफिरे आदिले लोभ्याएर कामनकाजको चिजमासमेत हाम्रो पैसा असुलिरहेछन् । बरफ, कुल्फी जस्ता हानिकारक चीज बेचेर हामीलाई लुटिरहेका छन् । हामी नै सडकको अवैध ठेलामा चटपटे चाट्न, आइसक्रिम चुस्न तँछाडमछाड गर्दै जान्छौं त उनीहरुको मनोबल किन नबढोस् ? नारायणगढ कमलनगरमा बाटो हिँड्नै दुर्गन्धित हुने गरी बस्ती र सडकको छेउमै माछामासुको सिनो थापेर उत्पात छ । भारतबाट चोरबाटो हुँदै आउने कुहिएका सस्ता माछाले यता नेपालमै उत्पादित ताजा माछा खेर गएको छ । लेबल विनाका पाउरोटी, पपहरु प्रायसः भारतीयले नै बनाएर बेचिरहेछन् । महिलाहरुका लागि भित्री वस्त्र छर्लंग देखिने पारदर्शी कपडा सस्तोमा भिडाएर नेपालमा अश्लिल पहिरनको बिगबिगी बढाइएको छ । भुस्याहा कुकुरझैं सडकका चोकचोक, गल्लीगल्लीमा बसेर ठेलाहरुमा चोर व्यापार गर्न पल्केका भारतीयहरुले अश्लील भोजपुरी गीत घन्काउँदै यहाँ हाम्रा नेपाली आमा दिदीबहिनी, श्रीमतीलाई छेडखानी गर्ने गरेको समेत बुझिन आएको छ ।
धोतीहरुको लिंग ठूलो हुन्छ भन्ने अफवाह र झुटको नचाहिँदा कुहिएका कुरासमेत नेपाली समझमा पहिल्यैदेखि घुसाउन खोजियो । आजभन्दा २०–२५ वर्षअघि हामी केटाकेटी छँदा धोतीहरुको लिंग हुन्छ भन्ने वाहियात कुरा यही कानले सुन्नुपरेको थियो । त्यस्तोे फोहोर कालो कुहिएको, गन्हाउने कुरा गरेर उनीहरुले हामी नेपालीलाई उहिल्यैदेखि उल्लु बनाउँदै आए । हामी नेपालीहरु यहाँ काम नपाएको भन्दै निम्नस्तरको काम गर्न भारत पस्नु हाम्रै सोचविचारको कमजोरी हो । रोटीबेटी सम्बन्धको नाममा भारत नपसी हाम्रो पेट भरिन्न भन्ने दरिद्र मानसिकता अशिक्षित नेपालीमा पहिल्यैदेखि घुसाइयो । फलस्वरुप आज पनि थुप्रै नेपाली भारतमा हेपिएर चेपिएर नोकरी गर्दैछन् ।
नेपालका सार्वजनिक शौचालय, पालिका, अस्पताल, सरकारी अड्डाहरु, जिल्ला प्रशासन, अदालत, प्रहरी कार्यालयतिर जताततै भारतीय मूलका मानिसहरुले अगाडि नै बुथ कब्जा गरेझैं व्यापार व्यवसायको नाममा पासो थापिसकेका छन् । जिल्ला–जिल्लाको नाका–नाकामा उनीहरु बसेका छन् । महत्वपूर्ण सूचनाहरु सबै बटुलिरहेछन् । हामी पत्तै पाउँदैनौं । हामी बरु पत्रिका पढ्दैनौं, भारतीयहरुको सैलुनसम्ममा नेपाली पत्रपत्रिका हुन्छन् । हाम्रो देशको हालचाल र राजनीतिमा उनीहरुलाई निकै चासो छ । भरतपुरको फोहोर फाल्ने ठेकेदार नै भारतीयमूलका छन् । नेपालीलाई मुस्किल छ ।
सीमातिर नेपाली गाउँहरुमा दिनदहाडै पसेर भारतीयहरुले बन्दुक देखाउँदै दादागिरी देखाउँदै नेपाली जनतालाई कुटपिट र लुटपाट गर्छन् । खुला सिमानाकै कारण यताका अपराधी उता र उताका अपराधी यता आउजाउ गर्न, लुक्न सजिलो भइरहेको छ । एउटै जंगे पिलर बाँकी राखिएको छैन । सीमामा नेपाल आमाको चौटा चौटा लुछेजस्तै भारतका कोठीहरुमा भारतीय भुसतीघ्रे गिद्धहरुबाट हाम्रा नेपाली चेलीहरु दर्दनाक रुपमा लुछिइरहेका छन्, लुटिइरहेका छन् ।
खुला सिमानाको कारण यो सब भइरहेको हो । हाम्रो प्रशासनले कति विदेशी, कति स्वदेशी, कति स्थायीबासी, कति अस्थायी बासी, कति विदेशी व्यापारी छन्, के के गर्र्दैछन्, सूक्ष्म ढंगले छर्लंग रेकर्ड राख्नुपर्ने होइन ? खुला सिमानाको दोष दिँदै हामी सक्दैनौं भनेर हुन्छ ? बाँध्नुप¥यो नि आफ्नो किल्ला, लगाउनुप¥यो पर्खाल । बोर्डर नबारेसम्म हामी भारतीय पक्षबाट जोगिनेवाला छैंनौं ।
फर्र्काैं विदेश गएकाहरु पनि । अनि सबैजना भएर आफ्नो देश बनाउन मिलेर लागौं । मधेसी, पहाडी, हिमाली सबै नेपाली एकढिक्का भएर यो देशलाई स्वतन्त्र बनाउन अब ढिलाइ नगरौं । ढिलो त साह्रै ढिलो भइसकेको छ । मधेसी जस्ता देखिने भारतीयहरु कतिको हातमा नागरिकता समेत परिसकेको छ । जनमत संग्रह भए उनीहरुले नै जित्ने स्थितिको मुखमा छौं हामी । अब आजैबाट अहिल्यैबाट यो जालो तोड्न हामी सबै मिलेर लाग्न जरुरी छ । धेरै समय पनि लाग्दैन सबै मिलेर देश बनाउने हो भने । अब नि नजागे कहिले जाग्ने ? अहिले नगरे कहिले गर्ने ? – अजय गोर्खाली