गन्तव्य पेट्रोल पम्पमा जिल्ला प्रशासनको शिलबन्दी,अरु दुई पम्प अनुसन्धानको घेरामा

मिसावटयुक्त इन्धन बिक्री गरेको आशंकामा रसुवाको कालिकास्थानस्थित गन्तव्य पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ । उक्त पम्पमा तेल हालेका गाडी तथा मोटरसाइकलको इञ्जिन बिग्रिएपछि कालिका–५ जिबजिबेका विष्णु देवकोटा र गोसाईँकुण्ड –६ का विज्ञान तामाङले जिल्ला प्रशासन कार्यालयमा छानबिनका लागि लिखित उजुरी दिएका थिए ।

बिज्ञापन

पम्पमा तेल हालेका केही सवारी साधनले कालो धुवाँ फालेपछि उपभोक्ताले अपराह्न प्रहरीमा लिखित उजुरी हालेका थिए । त्यसपछि छानबिनका लागि इन्धन बिक्रीमा रोक लगाएको स्थानीय प्रशासनले परीक्षणका लागि डिजेल र पेट्रोलको नमूना संकलन गरेर लगेको छ । मोटरसाइकल धनीहरुको लिखित उजुरी पछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान पूरा नभएसम्म पेट्रोल नबेच्न पम्पलाई निर्देशन दिएको छ ।

बिज्ञापन

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अनुसन्धान पूरा नभएसम्म पेट्रोल नबेच्न निर्देशन दिएका हुन ।

इन्धनमा मिसावट गरेको प्रमाणित भएमा पहिलो पटक एक लाख रूपैयाँ जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ । यही समूहले उत्तरगया आयल स्टोर,चलाउँदै आएको बेत्रावतीमा र सिद्धि आयल स्टोर समेत सञ्चालन गर्दै आएको छ । यो आयल स्टोरका मालिकहरु हुन,उद्धव रिजाल,सिताराम पौडेल,बलराम ढकाल,शंकर न्यौपाने सञ्चालन गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष