करारका कर्मचारीलाई सिधै स्थायी नियुक्ति, हटाउने वा राख्ने विवाद हुँदा जनप्रतिनिधिले उठाए कुर्सी

लामो समयदेखि करारका कर्मचारी राख्ने वा हटाउने बिषयमा लफडा उत्पन्न हुँदा पोखरा महानगरपालिकाको कार्यपालिका बैठकमा तनाव उत्पन्न भएको छ । करार सेवाका कर्मचारी हटाउने वा राख्ने बिषयको लफडा पेचिलो बन्दै जाँदा कुर्सी हानाहानकै स्थिति आएको हो ।

बिज्ञापन

त्यहाँका मेयर छन् एकीकृत समाजवादीबाट निर्वाचित धनराज आचार्य,करार सेवाका कर्मचारी कुनै हालतमा राख्न नहुने काँग्रेसको अडान छ भने एमाले कुनै हालतमा अहिले फाल्न नहुने पक्षमा छ । यही कारण पोखरा महानगरमा कांग्रेस र एमालेबीच त्यहाँ गलफत्ति जारी छ। २८ जना करार सेवाका कर्मचारीहरुलाई लोकसेवा परीक्षा नै नलिइ स्थायी गरिएको थियो ।यस अघि कात्तिक १४ को ३७ औं कार्यपालिका बैठकले ती २८ कर्मचारीलाई कार्तिक महिनासम्मको तलब दिएर मंसिर १ देखि विदा गर्ने तयारी छ ।कांग्रेसले जुनसुकै हालतमा ति कर्मचारी हटाउनुपर्ने तर एमालेले भने कुनै पनि हालतमा हटाउनु नहुने पक्षमा छन् ।

बिज्ञापन

करार सेवामा कार्यरत रहेका १० जना इन्जिनियर र १८ जना सबइन्जिनियर गरी जम्मा २८ जना कर्मचारीहरूको म्याद २०८१ असार मसान्तबाट समाप्त भएको अवस्थामा चार महिना पछि उनीहरुलाई हटाउने निर्णय भएको थियो । २८ प्राविधिकसहित ३५ कर्मचारी बिदा गर्ने कार्यपालिका बैठकले निर्णय गरेको थियो ।उनीहरुको बिषयमा समस्या सामाधान गर्न महानगरका प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिम्सिनाको संयोजकत्वमा कांग्रेस र एमाले वडाध्यक्ष र सदस्य सम्मिलित समिति गठन गरिएको भए पनि गाँठो फुक्नुको सट्टा झनै जेलिदै गएको छ । कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न समिति गठन अनावश्यक भएको भन्दै समितिका सदस्यहरूले असहमति जाहेर गरे पछि समिति त्यसै भङ्ग भयो ।

सोही कर्मचारी हटाउने बिषयमा लफडा पैदा भएको हो । हिजो विशेष नगरसभाबारे छलफल गर्न बसेको बैठकमा एमाले र कांग्रेसका वडाध्यक्षबिच चर्काचर्की र मुड्की नै बजार्नेसम्मको अवस्था सिर्जना भएको बताइएको छ,कारण तिनै करार सेवाका कर्मचारीहरु ।

बिज्ञापन

वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले कांग्रेसबाट निर्वाचित पोखरा २५ का अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता मोति तिम्सिनामाथि जथाभाबी बोल्ने रकुर्सी नै उठाएर हान्न खोजेको थिए । धन्न अरु जनप्रतिनिधिले रोक्दा त्यहाँ अप्रिय घटना भने हुन पाएन ।

हिजोको बैठकमा कांग्रेसबाट दलका नेता दिवशमान प्रधानाङ्गसहित ५ जना वडाध्यक्ष सहभागी थिए भने एमालेबाट दलका नेता राधिका शाही योगीसहित ४ वडाध्यक्ष र एकजना कार्यपालिका सदस्य सहभागी थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।