यस अघि सबै आवेदक फेल भएपछि दोश्रो पटक फेरि माग्यो आवेदन

राष्ट्रिय जीवन बीमा कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृतको लागि दोस्रो पटक पनि आवेदन माग गरिएको छ। कम्पनीले पहिलो पटक आवेदन माग गरेको थियो तर सबै अनुत्र्तिण भएसँगै दोश्रो पटक आवेदन माग गरिएको छ । यस अघि कम्पनीले असोज २६ गते पहिलो पटक आवेदन माग गरेको थियो। त्यसबेला आवेदन दिएका आवेदक कुनै पनि पास नभएपछि कम्पनीले दोस्रो पटक आवेदन खुलाएको हो।

बिज्ञापन

छनौट समितिले आवेदकहरुको शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मुल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने प्रावधान थियो। कम्पनीले यसअघि दरखास्त आह्वान गर्दा चार जनाको आवेदन परेको थियो । कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसक्दा उनीहरू ‘फेल’ भएका थिए ।यस अघि कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न सबै आवेदकहरु फेल भएपछि फेरि दरखास्त मागिएको हो ।

बिज्ञापन

कम्पनीले मंसिर ६ गते दोश्रो पटक आवेदन माग गरेको छ। सीईओको लागि इच्छुक आवेदकले बीमा, मौद्रिक, बैंकिङ,वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थाप, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्नेछ।

यस्तै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुवैमा भए कम्तीमा एक वर्षको वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

बिशेष