विचौलियाको इन्ट्रेस्ट अनुसार चल्दा एक मन्त्रीको कुर्सीमात्र गएन । बदनामी समेत खेपिरहेका छन् । मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्धामा अहिले ती मन्त्री तानिएका छन् । यो प्रकरणमा मन्त्रीलाई जोड्ने विचौलियाका रुपमा अगाडि देखिएका छन्, योगराज उर्फ गोपाल गौतम ।
उनै गौतमकै योजना अनुसार कोही प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले केही सोझा सिधा नेपालीलाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको खुलेको छ । टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन जापान जाने प्रबन्ध मिलाइदिएका थिए,उनै गौतमले । कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते नेपाल फर्किएका थिए । टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी जापान उडेका थिए तर विमानस्थलबाटै फर्काइएको बताइएको हो । टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर हट होम’ कार्यक्रममा सहभागी हुन अधिकारीको प्रबन्ध मिलाउने र टिकटको प्रवन्ध समेत उनै विचौलियाले गरेका थिए । एकातिर राज्यलाई जानकारी नै नदिई सुटुक्क जापान उडेका अर्काेतिर मानवतस्करीमा जोडिएका मन्त्री अधिकारीको मन्त्री पद फुस्किसकेको छ। अधिकारीसँग ६ जना नेपाली जापान पुगेका थिए ।
उनीहरुलाई नक्कली कर्मचारी बनाएर जापान लगिएको खुल्दैछ । प्रति व्यक्ति १० लाखका दरले रकम उठाएर जापान पुर्याइएको र उतै छोड्ने तयारी भइरहेको थियो । यो प्रकरणमा रसुवाका कञ्चन देवकोटा र खोटाङ दावा सेर्पा र जनक राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नाममा नक्कली कागजात बनाएर जापान लगिएको भेटिएको छ । पछि टोकियो विमानस्थलले उनीहरुको साथमा शंकास्पद कागजात भेटेपछि ४८ घण्टा राखेर नेपाल फिर्ता गरेको बताइएको छ । नक्कली कर्मचारी बनेर जापान पुगेका केहीले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीलाई बयान दिएका छन् । टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान प्रहरीलाई दिएका हुन ।
काठमाडौं प्रहरी परिसरले अहिले निता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटा पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ती मध्ये उनीहरुले नक्कली कर्मचारी बनाएर प्रति व्यक्ति १० लाख लिएर जापान पुर्याइएको बयान दिएका हुन । यसरी सोझा सिधा नेपालीलाई नक्कली कर्मचारी बनाएर जापान पठाउने धन्दामा सक्रिय रहेको भेटिएका छन्,उनै विचौलिया,योगराज । मोरङको रतुवामाई नगरपालिका ९ स्थायी घर भएका गौतमले काठमाडौँको कोटेश्वरमा डेरा लिएर बस्दै आएका छन् ।
उनी मोरङ २ नम्बर क्षेत्रका हुन । स्रोतका अनुसार,उनी सिंहदरवारमा बढी भेटिन्छन् । विभिन्न मन्त्रालय, जिल्ला प्रशासन, कर लगायतका सरकारी कार्यालयमा विचौलियाका काम गरेर जीवन धान्दै आएको उनी निकटहरु बताउँछन् । यद्यपि सिंहदरबार सरसफाइ मजदुर सप्लायर्सको काम गर्ने व्यक्तिको रुपमा पनि चिन्छन्,उनलाई केही कर्मचारी । प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कुटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ को दफा ६ को उपदफा (२) ले प्रदेशका कर्मचारी र पदाधिकारीहरु विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय पनि पठाउनुपर्छ । जापान जाँदा उनले मुख्यमन्त्रीलाई पनि जानकारी नदिए पछि विवादमा परेका अधिकारीले पत्रकार सम्मेलनमार्फत आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए पनि उनलाई मुख्यमन्त्री कार्कीले राजीनामा दिन सल्लाह दिए पछि राजीनामा दिन बाध्य भएको बताइन्छ । प्रहरीले पक्राउ परेका तीन जनाको बयानका आधारमा दोलखाका वीरबहादुर सुनुवार, नुवाकोटका जुगव रिजाल र धादिङका महेश पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























