१२९ कर्मचारीलाई मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति,लोकसेवाले गर्यो खारेज

८ महिना अगाडि स्थायी नियुक्ति लिएर काम गर्दै आएका १२९ कर्मचारीको नियुक्ति खारेजीमा परेको छ । प्रचलित ऐन कानुन विपरित मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति गरिएका ती कर्मचारीहरुको नियुक्ति खारेज गर्न लोकसेवा आयोगले पोखरा महानगरपालिकालाई पत्र काटेको हो ।

बिज्ञापन

पोखरा महानगरपालिकाले ०८० फागुनमा लामो समयदेखि करार सेवामा कार्यरत १ सय २९ जना कर्मचारीलाई स्थायी नियुक्ति दिएको थियो । महानगरले स्थायी पदपूर्तिका लागि २०८० कात्तिक २३ गते सूचना प्रकाशन गरेर दुई चरणमा ती कर्मचारीलाई स्थायी गरिएको थियो । पोखरा महानगरपालिकाले एक पटकका १९ जना र अर्को पटक ११० जना गरेर स्थायी रूपमा नियुक्त गरेको थियो ।

बिज्ञापन

स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई टेकेर नियुक्ति दिएपछि सोही समयदेखि नै उक्त नियुक्ति विवादमा परेको थियो । आन्तरिक परीक्षा भनिए पनि मौखिक परीक्षा लिएर उनीहरुलाई स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई टेकेर नियुक्ति दिएको थियो । यसरी गरिएको नियुक्ति कानुनसंवत नभएको भन्दै प्रदेश लोकसेवा आयोगले तत्कालीन समयमा गरिएका सबै नियुक्ति खारेज गरिदिएको छ । आयोगको १३ गतेको बैठकबाट उक्त नियुक्ति खारेजीको निर्णय भएको हो ।
आयोगको आदेश सँगै स्थायी नियुक्त भएका १२९ जना को नियुक्ति विवादमा परेको छ र उक्त नियुक्ति वदर भएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

बिशेष