‘१२ गाउँ’ले अहिलेसम्म कमायो कति ?

चलचित्र ‘१२ गाउँ’ रिलिजदेखि नै हाउसफूल छ । फूलपातीका दिन रिलिज भएको चलचित्र आज पाँचौं दिनमा पनि हाउसफूल रहेको निर्माणपक्षले बताएको छ ।

बिज्ञापन

चलचित्रले हाउसफूल अकुपेन्सीमा दर्शक पाए पनि ग्रसकलेक्सन रिपोर्ट भने सार्वजनिक गरेको छैन । निर्माता र वितरक नै कलेक्सन रिपोर्ट सार्वजनिक नगरी बसेका छन् ।

बिज्ञापन

दसैँको अवसर पारेर फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मको अहिलेसम्मको व्यावसायिक हिसाब एकमुष्ट प्राप्त हुन बाँकी रहेकोले आम्दानी यति भनेर भन्न सकिने अवस्था नरहेको कलाकार तथा निर्माता निर्देशक बिराज भट्टले बताए ।

‘सुरुको दिन देखिनै फिल्ममा दर्शक राम्रो देखिएका थिए’, भट्टले भने ‘फिल्मको क्रेज देख्दा म आफै छक्क परेको छु ।’ फिल्मको साप्ताहिक व्यवसाय आज साँझ वा भोलि बिहान सार्वजनिक हुने उनले जानकारी दिए ।

बिज्ञापन

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष