‘ज्वाइँ साब’को अकुपेन्सीमा ह्वात्तै वृद्धि

गत असोज २४ गते बिहीबार फूलपाती देखि प्रदर्शन भइरहेको फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ।

बिज्ञापन

अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि ‘वर्ड अफ माउथ’ ले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ।

बिज्ञापन

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ यतिबेला प्रदर्शनरत छ । सुरुवाती ओपनिङ कमजोर देखिएपनि पछिल्ला दिनमा बलियो ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मले दर्शकलाई तान्न सकेको निर्माता बताउँछन् ।

सोही मितिमा प्रदर्शन भएका दुई अन्य फिल्म ‘छक्कापञ्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि सकारात्मक प्रतिक्रियाले फिल्म हेर्न दर्शक हलमा पुगेको निर्माताको कथन छ ।

बिज्ञापन

ओपनिङको दिनमा अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको उत्साहजनक रुपमा बढेको निर्देशक निरौलाले बताए । पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ ।

व्यापारिकरूपमा कमजोर ओपनिङ गरे पनि अहिले चलचित्रले राम्रै भिड बटुल्न सफल भएको हो ।चलचित्र हेर्ने अधिकांश दर्शकले कथावस्तुको तारिफ गरेका छन् । चलचित्रमा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाइ निर्माण पक्षको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

कर्मचारीको नियमित सरुवा स्थगित

प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

बिशेष