‘१२ गाउँ’को आक्रामक कमाइ निरन्तरता

विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ले पनि आक्रामक कमाइलाई निरन्तरता दिइरहेको छ । निर्माताले आधिकारिक हिसाब त बाहिर ल्याएका छैनन् तर, प्राप्त शोलाई अकुपेन्सीमा बदल्ने मामिलामा यो फिल्म बलियो देखिएको छ ।

बिज्ञापन

पाँचौं दिनमा सिनेमा चल्दा सामान्यतया चार दिनको ग्रसकलेक्सनको रिपोर्ट आउने भए पनि निर्माता र वितरक दुवैले सार्वजनिक नगरेका हुन् ।

बिज्ञापन

“भोलिसम्ममा हामी ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गर्छौं । पत्रकार सम्मेलन गरेर नै कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने हाम्रो तयारी छ,” १२ गाउँका वितरक गोविन्द शाहीले  भने ।

फिल्ममा विराज र समीरसहित न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

बिज्ञापन

नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी यसमा काम गरेको विराजले बताएका छन्।

“कतिपय हलमा शो थपिएर अहिले १२ गाउँ र छक्का पञ्जाको शो बराबरी छ । सिंगल थिएटरमा त १२ गाउँ सुरुदेखिन नै छक्का पञ्जाभन्दा राम्रो छ,” वितरक शाहीले दाबी गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

बिशेष