लोकसेवाका लेखापालले श्रीमती र भाउजुलाई परीक्षामा उत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी

मधेश प्रदेश लोकसेवा आयोगमा कार्यरत लेखपालले आफ्नो श्रीमती र नातेदारलाई उत्र्तिण गराएको र अन्य उमेद्धारलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
आयोगमा कार्यरत लेखापाल राम प्रवेश यादवले पदीय दुरुपयोग गरी आफ्ना नातेदारलाई उत्र्तिण गराएको र अरुलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
प्रदेश लोकसेवा अयोगको विज्ञापन नं १३१-०७९/८० खुल्ला तर्फको विज्ञापनमा पदीय दुरुपयोग गर्दै आफ्ना नातेदारहरुलाई उत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बिज्ञापन

उक्त परीक्षामा सहायक लेखापाल राम प्रवेश यादवले आफनो पदको दुरुपयोग गरी शिक्षा प्रशासन निरिक्षण समुह उपसमुहमा सहायक पाँचौ तहको प्राविधिक पदमा आफनो श्रीमती सोनापति देवी यादव,भाउजु नातेदार पर्ने मोनिका यादवलाई पास गराई अन्य परिक्षार्थीलाई फेल गराएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बिज्ञापन

उजुरीकर्ताले लेखापाल यादवले जालझेल तथा आफ्नो पदको दुरुपयोग गरी नियुक्त दिलाएको हुँदा यादवले गरेको गैर कानुनी तथा अमर्यादीत कार्य भएको हुँदा वायोडाटा तथा परिक्षा सम्बन्धित कागजातहरु झिकाई छानबिन तथा अनुसन्धान गर्न माग गरिएको छ ।

निवेदकहरुले यादवलाई आवश्यक कारवाही गरी उक्त भए गरेको परिक्षा समेत बदर गरी पुनः परिक्षा दिन पाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष