पावरफुल अधिकृत,डरछेरुवा हाकिम

निजामती ऐनले कुनै पनि कर्मचारीलाई बढीमा एउटै कार्यालयमा दुई बर्षसम्म राख्न भन्दछ तर यस्ता ऐनको बर्खीलाप हुने गरी कर्मचारीको निरन्तर सरुवा भइरहेको छ । कोही कर्मचारी तीन चार महिना त केही बर्ष दिनमै भकुण्डो बनाइन्छन् ।निजामती कर्मचारी प्रशासनले दुई दुई वर्षमा कर्मचारी सरूवा गर्दछ, तर यिनी किन अपवादमा पर्दछन् ? तर केही यस्ता पावरफुल कर्मचारी छन्,जो दुई चार बर्ष होइन सोह्र बर्षदेखि एउटै कार्यालयमा रजगज गरेर बसिरहेका छन् । १६ बर्षदेखि एउटै कार्यालयमा टिकिरहेका ती रेञ्जरलाई चलाउने कुनै डिएफओले तागत निकाल्न सकेका छैनन् ।सरुवाको सिजन शुरु भएसँगै उनको दौड शुरु हुन्छ,पाल्पाबाट प्रदेश मुख्यालयतिर । असार साउन मास लागेपछि उनी पाल्पाबाट तीन चार पटक सदरमुकाम झरेर आफ्नो थमौती सोेही कार्यालयमा गराउन चलखेल गर्ने गरेको कर्मचारी वृत्तमा टिप्पणी सुनिन्छ ।

बिज्ञापन

साउन र भदौ महिना कर्मचारी सरूवा, बढुवाको समय । त्यही कारण सरुवा रोक्न उनी बुटवल, दाङ र तानसेन पटकपटक जाउआउ गर्ने गरेको कर्मचारीहरु बताउँछन् । यस्ता पावरफुल अधिकृत हुन यामलाल पोखेरेल । उनी जिल्ला वन कार्यालय पाल्पामा २०६५ सालदेखि कार्यरत छन् । त्यहाँका हाकिम छन् नारायण भट्टराई उनले ती अधिकृतलाई चलाउने हिम्मत गर्न सकेका छैनन् । अर्घाखाँचीका मान्छे, रेञ्जर जस्तो सानो तहको जागिरले पाल्पामा अलिसान बंगला ठडाएका छन् । कर्मचारीहरु नै प्रश्न गर्दछन्,अर्घाखाँचीको सामान्य परिवारमा जन्मिएका पोखरेलको रेञ्जर पदमा जागिर खाएर तानसेनमा आलिसान घर, घरभित्रको डेकोरेशन र विलासी सामान हेर्दा थाहा हुन्छ, उनी असामान्य गतिविधि गर्दछन् ।

बिज्ञापन

रेञ्जर जस्तो सानो पदको मान्छेले यसरी अलिसान बंगला कसरी ठडाउन सक्छ ? अख्तियार र सम्पत्ति शुद्धीकरणजस्ता विभाग के हेरेर बसिरहेको छ ? त्यहाँका कर्मचारीहरु उनीमाथि सामुदायिक वनभित्रको ढलापढाका नाममा सयौं क्यु फिट काठ अनधिकृत रूपमा निकासी गराउने गरेको आरोप लगाउँछन् ।

यस्का अलवा कानुनविपरीत वन विज्ञान अध्ययन संस्थान हेटौंडामा नियमित पढ्ने गरेका पोखरेलले डिभिजन वन कार्यालय पाल्पामा हाजिर भई सरकारी कामकाज गर्दै आएका छन् । उनीमाथि कार्यालयको फाइल उठाउने, टिप्पणी लेख्ने, सम्झौतालगायतका कागजपत्र बनाएर हाकिमको चाकडी गर्न सिपालु रहेको आरोप छ ।  यी रेञ्जरलाई चलाउन नसक्ने डिएफओ र कार्यालय प्रमुख डरछेरुवा होइनन् र ? भन्छन् सोही कार्यालयका कर्मचारीहरु ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष