टानको सदस्यमा अम्बिर बहादुर गुरुङ किन ?

पर्वतीय पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) को सदस्यका लागि अम्बिर बहादुर गुरुङले उम्मेदवारी दिनुभएको छ ।

बिज्ञापन

नेपालको पर्वतीय पर्यटनमा तीन दशकभन्दा लामो समय विताएका गुरुङले आगामी भदौ १७ गते (सेप्टेम्बर २) मा हुन लागेको टानको वार्षिक साधारणसभा तथा निर्वाचनमा सागर पाण्डे समुहबाट उम्मेदवारी दिनुभएको हो ।भदौ १७ गते हुने निर्वाचनमा आफ्नो पक्षमा जित निकाल्ने आत्मविश्वास सहित भेटभाट र प्रचारमा व्यस्त हुनुहुन्छ ।

बिज्ञापन

कस्टम ट्रेक नेपाल प्रालिका प्रबन्ध निर्देशक गुरुङ विगत साढे दुई दशकदेखि पर्यटन क्षेत्रमा आबद्ध गुरुङ त्यसअघि साढे ११ वर्ष शिक्षक पेशामा हुनुहुन्थ्यो ।

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, डाँडागाउँमा जन्मिनुभएका उहाँले राजनीति शास्त्रमा स्नातकोत्तर, शिक्षा शास्त्रमा स्नातकोत्तर र एलएलबी अध्ययन गर्नुभएको छ । २०६३ सालमा ट्रेक नेपाल प्रालि सञ्चालनमा ल्याउनुभएका उहाँले २०७० सालदेखि हालको कस्टम ट्रेक नेपाल प्रा.लि. सञ्चालन गर्दै आउनुभएको छ ।

बिज्ञापन

गुरुङ पर्यटन व्यवसायी संघ नेपालको निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँसँग पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको कार्यसमिति सदस्य पदमा रहेर काम गरेको अनुभव छ । त्यसबाहेक उहाँ विभिन्न रचनात्मक लेखहरु लेख्नुहुन्छ । गतवर्ष मात्रै गाजली गाथा नामक उहाँको सस्मरण पुस्तक सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

बिशेष