नवनिर्मित भवनमा एभरेष्ट बैंकको बानेश्वर शाखा, डिजिटल संसार सेवा सुरु

एभरेष्ट बैंकको बानेश्वरस्थित शाखा साविक स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको छ। बैंकले शाखा स्थानान्तरित भवनबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालन भएको जनाएको छ।

बिज्ञापन

बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले नयाँ भवनबाट कारोबार सञ्चालनको उद्घाटन गरे। उनले नयाँ भवनबाट नयाँ बानेश्वर र आसपासका बासिन्दालाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाए।

बिज्ञापन

बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने डिजिटल संसार सेवा सुरु गरेको छ। उक्त डिजिटल संसारमा बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिइनेछ भने एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिटका साथै सेवासम्बन्धी गुनासो सम्बोधनसमेत डिजिटल प्रविधिबाट गरिने बैंकले जनाएको छ।

बैंकले हाल १२८ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६६ एटीएम र ३२ राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

बिशेष