निजामतीमा मधेसी ८ प्रतिशत,संघमा पाँच हजार तीन सय ३३,प्रदेशमा २४४२

निजामती सेवामा ८६ हजार बढी कर्मचारी कार्यरत छन् । निजामती कर्मचारीमध्ये आठ प्रतिशत संख्या मधेशीको रहेको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ५३०३ जना प्राविधिक क्षेत्रमा, एक हजार पाँच सय ७५ अप्राविधिक क्षेत्रमा रहेको भेटिएको छ यस्तै ३७ जना अन्य क्षेत्रमा रहेको तथ्याङ्कले देखाउँछ ।

बिज्ञापन

तथ्यांक अनुसार सबैभन्दा बढी नेपाल स्वास्थ्य सेवामा तीन हजार एक सय ७५,नेपाल इञ्जिनियरिङ सेवामा १२४० जना सहभागी रहेका छन् । यस्तै नेपाल प्रशासन सेवामा एक हजार तीन सय १२ जना रहँदा नेपाल कृषि सेवामा एक सय ७५, नेपाल वन सेवाममा २९८, नेपाल विविध सेवातर्फ ३०२, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवामा २२, नेपाल न्याय सेवामा दुई सय ५२, नेपाल परराष्ट्र सेवामा १४, नेपाल लेखा परीक्षण सेवामा २२, नेपाल शिक्षा सेवामा ८७, नेपाल संसद् सेवामा तीन, व्यवस्थापिका संसद् सेवा चार, संवैधानिक पदाधिकारी छ र अन्य दुई जना गरी छ हजार ९१५ जना मधेशी समुदायको प्रतिनिधित्व रहेको भेटिएको छ ।

बिज्ञापन

निजामती सेवा ऐनको दफा (७) मा पदपूर्तिसम्बन्धी व्यवस्था गरी विशिष्ठ श्रेणी बाहेकका पदमा खुला र बढुवाद्वावारा पदपूर्ति गरिने प्रतिशत निर्धारण गर्दै खुलाद्वारा पदपूर्ति गर्दा कूल पदको ३५ प्रतिशत पद विभिन्न समूह र भूगोलका लागि आरक्षण गरिएको छ । खुला प्रतियोगितामा आरक्षणको व्यवस्था गर्दै निर्धारितमध्ये ४५ प्रतिशत कायम हुन आएकालाई शतप्रतिशत मानी महिला, मधेशी, आदिवासी÷जनजाति, दलित, पिछडिएको क्षेत्र र अपाङ्ग गरी छ समूहमा बढीमा ३३ देखि कममा चार प्रतिशतसम्म रहने गरी आरक्षित गरिएको छ । मधेशी, दलित, आदिवासी÷जनजातिका लागि थरलाई आरक्षण दिने आधारका रुपमा लिइएको छ । आरक्षित पदसङ्ख्यामध्ये महिलालाई ३३ प्रतिशत, आदिवासी जनजातिलाई २७ प्रतिशत, मधेशीलाई २२ प्रतिशत, दलितलाई नौ प्रतिशत, अपाङ्गलाई पाँच प्रतिशत र पिछडिएको क्षेत्रलाई चार प्रतिशत पद सुरक्षित गरिएको छ ।

तथ्यांक अनुसारसबैभन्दा बढी संघमा मधेसी कर्मचारीहरु कार्यरत छन् । संघमा पाँच हजार तीन सय ३३ कार्यरत छन् । प्रदेशगत रुपमा मधेशमा सबैभन्दा धेरै १ हजार २ सय ५४, कोशी प्रदेशमा एक सय ४१ कार्यरत रहँदा बागमतीमा ४२, गण्डकीमा छ, लुम्बिनीमा एक सय ९, कर्णालीमा छ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेको देखिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष