पहिलोपल्ट गोसाइकुण्ड झिलिमिलि,भक्तजनको भीड

गत शुक्रवारमात्र पहिलोपल्ट पवित्र धार्मिक तिर्थस्थल गोसाइकुण्डमा ग्रिडको विद्युत पुगेको छ । समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार राष्ट्रिय ग्रिडको विद्युतमा जोडिएसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली हुन पुगेको छ ।

बिज्ञापन

धार्मिक एवम पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाको दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको हो। चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको प्राधिकरणले जनाएको छ । निकुञ्जसँगको समन्वयमा दुई सय वटा पोल राखिएका छन्। गोसाइँकुण्डमा विद्युत आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ। वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ।

बिज्ञापन

यता आज जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जनाएका छन् ।
यस्तै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार,लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार भइरहेको छ,बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको छ ।

तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको छ । यस्तै यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ । कमर्सका अध्यक्ष सञ्जीव अमात्यले यात्रीमाझ यातायात व्यवस्था थप मजबुत पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गणेश यादवको मृत्यु घटना छानबिन गर्न गृहले बनायो समिति,संयोजक तोकिए सहसचिव शाही

ओएनएमका नाममा अत्याचार : सब–इन्जिनियरहरुको गम्भीर ध्यानाकर्षण

सिँचाइ विभागमा सब–इन्जिनियरको दरबन्दी ६५ प्रतिशत कटौती, कर्मचारीको कडा आपत्ति

तीन सहसचिवले दिए राजीनामा

स्थायी कर्मचारीमाथि अविश्वास : पूर्वाधार मन्त्रीलाई २२ सल्लाहकारसहित ३९ जनाको सचिवालय प्रस्ताव

तलब बढाए पनि घुस खान छाडेनन्

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

बिशेष