युनियनको समाजिक काम :- नरपानीको सर सफाई धमाधम

पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीको नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले सर सफाई गरेको छ ।

बिज्ञापन

नरपानी धार्मिक तथा पर्यटकीय स्थल हो । प्रसिद्ध सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरुको पहिलो रोजाई पनि हो नरपानी । त्यहाँ पर्यटकहरु आउदा मनमोहक बनोस भन्ने उद्देश्यले युनियनले सर सफाई कार्यक्रम संचालन गरेको हो ।

बिज्ञापन

करिब १०० जना कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, रूपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा लगायत युनियनकर्मी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्ष युनियनले नरपानीलाई सर सफाई गर्ने गर्दछ । सेवा प्रवाह, कर्मचारी हक, हितका साथै सामाजिक उत्तरदायित्व वहन गर्न अग्रसर युनियन अर्घाखाँचीले धेरै सकरात्मक र रचनात्मक क्रियाकलाप संचालन गर्ने गर्दछ ।

बिज्ञापन

सर(सफाई पश्चात युनियनले औपचारिक कार्यक्रम गरेर सर सफाई गर्नुको उद्देश्य, सम्पन्न गर्न सहयोग गर्ने सन्धिखर्क नगरपालिका, र यसका ६ र ७ नं का वार्ड अध्यक्ष, सामुदायिक वन, नरपानी संरक्षण समिति लगायत उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रम सचिव रमेश न्यौपानेको संचालन र अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष