चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ ।

बिज्ञापन

आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् ।

बिज्ञापन

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।

आवेदन दिने म्याद बिहीबार सकिएको छ । आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बिज्ञापन

बालुवाटार स्रोतका अनुसार आवेदन दिएका ६ जनामध्ये कार्यदक्षता र अनुभवका आधारमा दिनेश डिसीको सम्भावना बलियो देखिएको छ । लामो समयदेखि चलचित्र तथा सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी एमालेनिकट जन पक्षीय चलचित्रकर्मी संघको अध्यक्ष तथा जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य हुन् । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् । उनले आधा दर्जन चलचित्रको निर्देशन र ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

डीसीले बोर्ड अध्यक्षका लागि ६९ बुँदे कार्य योजनासहित पहिलो दरखास्त हालेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीबाटै ग्रिन सिग्नल पाएपछि उनले आवेदन दिएका हुन् । उनी ओलीका एक विश्वासपात्रका रूपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष