लक्ष्मी सनराइज बैंकको नाफा र आम्दानीमा सुधार

लक्ष्मी सनराइज बैंकले गत आवको चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा र आम्दानी बढेको छ ।

बिज्ञापन

बैंकले चौथौ त्रैसमासम्ममा ३ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब २८ करोड रुपैयाँको तुलनामा ३२.७८ प्रतिशतले बढी हो ।

बिज्ञापन

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १०३.९६ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६८ प्रतिशतले बढेर १० अर्ब ६५ करोड र सञ्चालन मुनाफा पनि ३५.९८ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

१ अर्ब २८ करोड रुपैयाँबराबरको रिटेन्ड अर्निङ भएको बैंकको रिजर्भमा १६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा २ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै बैंकले कर्जा विस्तारलाई पनि २ खर्ब ४७ अर्बबाट बढाएर २ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएको छ ।

बिज्ञापन

चौथौ त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड रुपैयाँ र लाभांश क्षमता ५.५५ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात २.९१ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १३.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.३७ गुणा र तरलता अनुपात ३४.०८ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष