टङ्गालबाट दंगालको विदाई,उपाध्यायलाई स्वागत

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले २१ सचिवहरुको सरुवा गर्दा श्रम सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे । क्याविनेट बैठकमा श्रम मन्त्री शरदसिंङ्ग भण्डारीले सरुवा रोक्ने प्रयास गर्दा समेत केही पार लागेन ।
सोमबारको क्याविनेट चल्दै गर्दा आफ्ना मन्त्रालयका सचिव सल्लाह विनै झिकेर अख्तियारमा पठाइएसँगै मन्त्री भण्डारीले उपाध्यायले राम्रो काम गरिरहेको बताएका थिए जबाफमा प्रधानमन्त्री ओलीले अब भित्रने सचिवले पनि राम्रै गर्ने जबाफ फर्काएका थिए ।

बिज्ञापन

श्रमबाट अख्तियारमा घनश्याम उपाध्याय पुगेसँगै अर्थ र गृहमा लामो समय काम गरेका रामेश्वर दंङ्गाल टङ्गालबाट बिदा भएर रक्षा मन्त्रालयमा पुगेका छन् । मंगलबार अख्तियारले दंगालको विदाई र घनश्याम उपाध्यायको स्वागत कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख आयुक्त प्रेम कुमार राई,आयुक्तहरु किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा। हरि पौडेल र डा। सुमित्रा श्रेष्ठ अमात्यको उपस्थिती रहेको थियो ।

बिज्ञापन

उपाभ्यायले संवैधानिक आयोगमा प्रशासन प्रमुखको जिम्मवारी दिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै गरीमायुक्त आयोगमा पूर्ण जिम्मेवार र प्रतिवद्ध रही कार्य सम्पादन गर्ने बताए । उनले आयोगलाई सफल बनाउनु सबै कर्मचारीहरुको जिम्मेवारी रहेको र आयोगको सफलतानै कर्मचारीको सफलता हुने भएकोले कार्य सम्पादनमा निखार ल्याउने गरी काम गर्नु पर्ने उल्लेख गरे ।

यस्तै आयोगबाट सरुवा भएका सचिव रामेश्वर दंगालले यस आयोगमा काम गर्न पाएकोमा आफू गौरवान्वित भएको बताउँदै नयाँ जिम्मेवारी पनि आफ्नो क्षमता, बुद्धि र बिवेकले भ्याएसम्म कुशलतापूर्वक निभाउने प्रण गर्दै मुलुकमा सुशासन कायम गरी आर्थिक सम्वृद्धि ल्याउनमा आफूले सक्दो प्रयास गर्ने बताए । साथै, यस आयोगमा आफूप्रति गरिएको विश्वास र सम्मानका साथ काम गर्ने वातावरण जुटाई दिएकोमा आयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

बिज्ञापन

कार्यक्रममा बोल्दै माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले आयोगमा काम गर्नु गौरवको विषय भएको उल्लेख गरे । विदाई भएर जान लाग्नु भएका सचिवले सुशासन कायम गर्न गरेको योगदानको कदर गर्दै नयाँ जिम्मेवारीमा समेत कूशलतापूर्वक कार्य सम्पादनको लागि शुभ कामना व्यक्त गरे ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

बिशेष