उपसचिवको उप्रदो :- सत्तामा एमाले आएपछि हाइसञ्चो

एमालेकै प्रधानमन्त्री र भूमि मन्त्री नै एमालेका बनेसँगै गिरिबन्धु टी स्टेटमा जोडिएका कर्मचारीलाई हाइसञ्चो भएको छ ।

बिज्ञापन

व्यापारी तथा विचौलियाहरुलाई पोस्ने गरी केपी ओली सरकार हुँदा यो प्रक्रिया अगाडि बढेको हो । र, यो प्रक्रिया अगाडि बढाउने उपसचिव हुन ओली निकटका उपसचिव रोशनशंकर घिमिरे । जो चार बर्षदेखि भूमी व्यवस्था तथा अभिलेख विभागको निर्देशकको कुर्सीमा छन् । निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्षमा सरुवा गर्नुपर्ने प्रावधान भए पनि उनी एउटै कार्यालयमा पाँच बर्षदेखि टिकिरहेका छन् ।तर,सत्ता र शक्ति दायाँ भएपछि रोशनशंकर चार बर्षदेखि उक्त विभागको निर्देशकको कुर्सी छाडेर दाँया बायाँ हुनुपरेको छैन ।

बिज्ञापन

६२ साल मंसिर १७ गतेबाट शाखा अधिकृत तहबाट निजामती सेवामा पाइला राखेका घिमिरेले यो बीचमा सञ्चार,इलाका हुलाक,इनरुवा,गोश्वारा हुलाक,स्थानीय विकास मन्त्रालयमा कार्यरत रहेको देखिन्छ । जिविस सोलुखुम्बु र धनुषामा काम गरिसकेका उनी ७२ सालमा उपसचिव बढुवा भए यता भूमि व्यवस्था मन्त्रालय मातहत छोडेर अन्यन्त्र गएको देखिदैन । ७३ साल कार्तिक ३ गते प्रमुख मालपोत अधिकृत बनेर भद्रपुर पुगेका उनै रोशनले त्यहाँ २ बर्ष बस्दा उनैले गिरीबन्धु टी–इस्टेटको खर्ब रूपैयाँभन्दा बढी पर्ने जग्गा सरकारबाट सट्टापट्टाको निर्णय गराउने र किनबेच गर्ने खेलो फड्को शुरुवात गरेका कर्मचारीहरु बताउँछन् । निजामती किताबखानाको अभिलेख अनुसार, ७५ साल असोज २४ मा साँघु मालपोतमा सरुवा भएर आउँदा समेत उक्त गिरिबन्धुको फाइल बोकेर मन्त्रालय धाउने गरेको कर्मचारी वृत्तमा चर्चा छ । ७६ जेठ १९ सम्म साँखु मालपोत,त्यहँँबाट सहकारी प्रशिक्षण प्रतिष्ठान हुँदै ७७ साल माघ १० देखि उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशकको जिम्मेवारीमा छन् । निजामती सेवा ऐनले दुई बर्षभन्दा बढी कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा जिम्मेवारी नदिनु भन्छ रोशनशंकरले चार बर्षदेखि विभागको जग्गा प्रशासन महाशाखा छाडेर दायाँबायाँ नहुनुको पछाडि तिनै गिरिवन्धुवालाहरुको हात र साथ रहेको बताइन्छ ।

यस्तै यो प्रकरणमा जोडिने मुख्य पात्र हुन टेकनारायण पाण्डे । जो अहिले कारागारमा पुगेका छन्,नक्कली शरणार्थी प्रकरणमा । लामो समय शिक्षा सेवामा बसेका उनलाई शिक्षाबाट भूमिमा तानेर यो काम तमाम गर्न लगाइएको थियो । त्यस समयमा केपी ओलीको मिसनलाई साथ दिने सहसचिव थिए,शेष पौडेल उनी भूमि व्यवस्था विभागका महानिर्देशक थिए । भूमि मन्त्रालयका अनुसार टेकनारायण पाण्डे,शेषकान्त पौडेल र रोशनशंकरको जोडबलमा भूमाफिया पोस्ने प्रस्ताव अगाडि बढेको हो । यो अपराध कर्ममा सामेल गराउन खोजिएको थियो तत्कालीन सचिव केदार न्यौपानेलाई । उनी ६ फागुन २० मा भूमिमा ल्याएर ५ महिनामै त्यहाँबाट फालिएको थियो । जीवनभर शिक्षा सेवामा काम गरेका टेकनारायण पाण्डेलाई कर्णाली प्रदेशका प्रमुखबाट सरुवा गराएर भूमिमा ल्याएर गिरिबन्धुले जग्गा सट्टापट्टा दिन मिल्नेगरी नियमावली तयार पारिएको थियो । यो प्रकरणमा जोडिएका सचिव अहिले कारागारमा छन् । महानिर्देशक पौडेल पीचएडी अध्ययनका लागि जापान पुगेका छन् भने रोशनशंकर घिमिरे भूमि व्यवस्थापन विभागमै कार्यरत छन् ।

बिज्ञापन

प्रचण्डको सरकार हुँदा अतालिएका रोशनशंकर पुन एमाले सरकारमा कम व्याक हुनु र मन्त्री समेत एमालेकै बलराम अधिकारी दोह्रोरिएसँगै ढुक्क देखिएकाछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष