कामना सेवा विकास बैंकको नाफा ६६.९३% ले बढ्यो

कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो ।

बिज्ञापन

अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी २.७८ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथौ त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

बिज्ञापन

बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ । खुद शुल्क र कमिशन आम्दानी २४ करोड १ँ६ लाख रुपैयाँबाट बढेर २६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २१.२९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ ५७८.३६ प्रतिशतले वृद्धि भएर ३५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । बैंकले रिजर्भका आकार पनि १ अर्ब ४० करोड रुपैयाँबाट बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकहरुबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन अघिल्लो आवको तुलनामा १०.४६ प्रतिशत र कर्जा प्रवाह ४.८८ प्रतिशतले बढी

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष