दुई दिनसम्म सर्भर डाउनः यातायात कार्यालयमा सेवाग्राहीको बाक्लो भीड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, यातायात कार्यालयमा दुई दिनसम्म सर्भर डाउन हुँदा रोकिएको काम सुरु भएपछि सेवाग्राहीको भीड थामिनसक्नु भएको छ। मंगलबारबाट विभागको सर्भर चल्न थालेपछि ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ।

बिज्ञापन

दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो। केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयको काम प्रभावित बनेको थियो। सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका थिए। बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायत काम ठप्प थिए।

बिज्ञापन

बिहान बेलुका स्लो चल्ने तर दिउँसो लोड बढ्नासाथ सिस्टमले कामै नगर्ने समस्या देशभरका यातायात कार्यालयमा देखिएको छ । तर, प्राविधिकहरू खटाउँदा समेत समस्याको पहिचान हुन नसकेको सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । यातायात कार्यालय अन्तर्गतको सम्पूर्ण डाटा तथा अनलाइन सिस्टम आन्तरिक रूपमा नै विभागले ह्याण्डिल गर्दै आएको छ । तर बेलाबेलामा आउने यस्तो समस्याले हैरान भएको महानिर्देशक रिजालको भनाइ छ ।


IMG-20240723-WA0024-1721714573.jpg

बिज्ञापन

IMG-20240723-WA0022-1721714571.jpg

IMG-20240723-WA0020-1721714571.jpg

IMG-20240723-WA0016-1721714569.jpg

IMG-20240723-WA0014-1721714568.jpg

IMG-20240723-WA0008-1721714565.jpg

IMG-20240723-WA0004-1721714566.jpg

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

बिशेष