एसबिआई बैंकले मनायो वार्षिकोत्सव, जिम्मेवार बन्ने कर्मचारीको प्रतिबद्धता

नेपाल एसबिआई बैंकले जुलाई ७ (आइतबार) आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे। उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए।

बिज्ञापन

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे। प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीलाई धन्यवाद ज्ञापन गरे।

यसका साथै बैंकले सोहीे अवसरमा सबै शाखा तथा कार्यालयबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई मिठाई वितरण गरेको थियो।

बिज्ञापन

नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक (जनकपुर) र रामपुर बजार (पाल्पा) सहित १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटीएम तथा १ कर्पोरेट अफिसबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष