निजामतीमा ३७ बर्षे अनुभव बटुलेका पूर्व सचिवलाई प्रदेश लोकसेवा अध्यक्षको जिम्मेवारी

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका गुरागाईले निजामती सेवामा ३७ बर्षको अनुभव बटुलेका छन् । उनी शाखा अधिकृत,उपसचिव,सहसचिवदेखि सचिव हुँदासम्म लोकसेवा आयोगमा बसेर अनुभव बटुलेका कर्मचारी हुन ।

बिज्ञापन

आयोगको अध्यक्ष पद गत फागुनदेखि रिक्त थियो । पूर्व सचिव तथा अध्यक्ष उद्धवभट्टराई फागुनमा घर गएदेखि रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगले चार महिना पछि अध्यक्ष पाएको हो । नेपाल विद्युत कर्पोरेशन (हाल नेपाल विद्युत प्राधिकरण) क्लर्कबाट सरकारी सेवामा प्रवेश गरेका गुरागाईले ०४२ वैशाखमा न्याय सेवाको खरिदार (डिठ्ठा) मा महान्यायाधिवक्ताको कार्यालयमा नियुक्ति पाई निजामती सेवामा पाइला राखेका हुन । २०४६ सालमा नायब सुब्बा नाम निकालेपछि सञ्चार मन्त्रालय अन्तरगत हुलाक सेवा विभाग हुँदै

बिज्ञापन

उप सचिव रहँदा सोलुखुम्बु जिल्लामा स्थानीय विकास अधिकारी, स्वास्थ्य मन्त्रालय हुँदै लोक सेवा आयोगमा काम गरेका उनी सहसचिवमा उक्लिएपछि सञ्चार मन्त्रालय,लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा क्षेत्रीय निर्देशक, सामान्य प्रशासन हुँदै लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयय चार चार वर्ष काम गरेका उनी सचिवमा बढुवा भएर ६ मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासकका रुपमा काम गरेका गुरागाईलाई पुन लोकसेवा आयोगमा खटाइएको थियो । झण्डै २० महिना उनी लोकसेवा आयोगका सचिवको जिम्मेवारीमा रहे । प्रधानमन्त्री कार्यालय हुँदै पुन लोकसेवा आयोगको सचिवबाट अवकाश पाएका हुन उनले ।

गुरागाइका परिवारका सातै जना सरकारी सेवामा कार्यरत थिए । देवकुमारी गुरागाई केही महिना अगाडिमात्र सचिव पदबाट रिटायडए भइसकेकी छिन । महेन्द्रका भाइ तथा बहिनीहरु पुष्पप्रसाद गुरागाईं, झइन्द्रप्रसाद गुरागाई,सरस्वती गुरागाईं, दोनुका गुरागाईं र चिरञ्जीवी गुरागाईं सरकारी सेवामा छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ट्रेड युनियन विघटन निर्णयविरुद्ध अन्तर्राष्ट्रिय ट्रेड युनियनको आपत्ति, बालेनलाई निर्णय फिर्ता लिन माग

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप

महेन्द्रराजमार्ग क्षेत्रमा सडक सीमा भित्रका संरचना हटाउन हेटौंडा सडक डिभिजनको कडा निर्देशन

“१५–१५ दिनमा तलब” निर्णय विवादमा: कर्मचारी वृत्तबाटै तीव्र आलोचना

निजामती सेवा विधेयकको मस्यौदा लेखनमा सरकार : ३० वर्षे सेवाअवधि र कुलिङ पिरियड राख्नेदेखि ट्रेड युनियन खारेजीसम्मका विषयमा छलफल

बिशेष