गाउँपालिका अध्यक्षसहित सात जनालाई सफाइ

भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित सात जनाले सफाइ पाएका छन् । हाइटेक नर्सरी निर्माणमा ८४ लाख अनियमितताको अभियोग लागेका सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसी वडा नम्बर ५ का तत्कालीन वडाअध्यक्ष मोहनकुमार बि.सी. लगायतले बिशेष अदालतबाट आइतबार सफाइ पाएका हुन् ।

बिज्ञापन

डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल र तत्कालीन लेखापाल लक्ष्मी कुमारी थापा क्षेत्रीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । थ्री फेज लाईन नभएको स्थानमा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा बृक्षारोपण तथा जडिबुटी खेती बिस्तार कार्यक्रमको नाममा भ्रष्टाचार भएको अभियोग थियो । लागत अनुमान तयार गर्ने, सम्झौता गर्ने, आयोजनाको नापजाँच गरी कार्यसम्पन्न प्रतिवेदन (उपभोक्ता समितिसँग सम्झौता गरेको मितिभन्दा अगाडिको मिति राखी कार्यसम्पन्न प्रतिवेदनमा समेत तयार गरेको) तयार गर्ने एवं उपभोक्ता समितिले एक नर्सरीको लागि चाहिने उपकरण खरिद गर्दा सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिसँग सम्झौता गरी कार्य प्रारम्भ गर्नुभन्दा अगाडिकै मितिका कोटेशनहरु उपभोक्ता समितिमार्फत स्वीकार गरेको, थ्री फेज लाईन जडानको लागि कुनै प्रकारको पहल नगरी सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको छानविनमा खुलेको थियो ।

बिज्ञापन

सम्झौता शर्तबमोजिमको कार्य नगरेमा प्रदेश सरकारबाट प्राप्त रकम प्रचलित कानूनबमोजिम फिर्ता गर्ने प्रतिबद्धता गरेकोमा प्रतिबद्धता जाहेर गर्ने उपभोक्ता समिति लगायतलाई समेत कुनै प्रतिबद्धता पूरा गर्न नलगाई ८४ लाख ८६ हजार ६ सय ८२ रुपैयाँ सिम्ता उपभोक्ता समितिलाई भुक्तानी गरेको तथा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा बृक्षारोपण तथा जडिबुटी खेती बिस्तार कार्यक्रम प्रयोगमा दाबी थियो ।

आयोगले सिम्ता सव–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्यायलाई पनि प्रतिवादी बनाउको थियो । त्यस्तै, सिम्ता हाईटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा र उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल तथा नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जनविरुद्ध समेत मुद्दा दायर भएकोमा सबैले सफाइ पाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष