बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियारले चलायो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले घुस-रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेको बाँकेको डुडुवा गाउँपालिका–१६, का मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ ।

बिज्ञापन

आयोगको नेपालगञ्जबाट खटिएको टोलीले गत माघ ११ गते सब–डिभिजन वन कार्यालय, राँझाका तत्कालिन सहायक वन अधिकृत नारायण पार्धेलाई सात हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारका अनुसार सो रकम पाण्डेले काठ चिरानको सिफारिसबापत उनलाई दिएको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

विशेष अदालत काठमाडौंमा वन अधिकृत पार्धेविरुद्ध मुद्दा दर्ता गर्ने समयमा सोही बयान दिएका पाण्डेले अदालत पुगेपछि भने बयान फेरेका हुन् । उनले आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

‘निजले विशेष अदालत काठमाडौंसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा निज मकरध्वज पाण्डेले काठ चिरानको सिफारिसबापत सात हजार रुपैयाँ घुस÷रिसवत प्रतिवादी नारायण पार्धेलाई दिइएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर रहेको,’ अख्तियारले भनेको छ ।

बिज्ञापन

सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय गरी घुस रकम जफत गर्न मागदाबीसहित अख्तियारले आज विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष