रोकिएन भन्सार छली…

काठमाडौँ । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ ।

बिज्ञापन

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष आर्थिक वर्ष २०७९–८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०–८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो । गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७हजार थान मोबाइल भित्रिएको थियो ।

बिज्ञापन

गत वर्षको तुलनामा चालु आवको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको मोबाइल आयत भएको तथ्याङ्कले देखाउँछ । तथ्यांकअनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ ।

नेपालमा भित्रिएका यस्ता मोबाइल औसतमा १५ हजार रुपैयाँभन्दा बढीको छ । तर नेपालमा अवैध बाटोबाट मोबाइल भित्रिएका कारण व्यवसायीहरू बढी मारमा पर्ने गरेका छन् ।

बिज्ञापन

मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली कार्यान्वयन नहुँदा भन्सार छली बढेको व्यवसायीहरूको माग छ ।नेपाल मोबाइल व्यवसायी महासङ्घले ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा व्यवसायीसम्म पुग्दा व्यवसायीहरूले प्रहरी प्रशासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै व्यवस्थित गर्न दबाब दिँदै आएको छ ।

खुला सिमाना तथा भन्सार छलीमार्फत ५५ सय मोबाइल सेट मासिक रूपमा नेपालमा भित्रने गरेको महासङ्घको दाबी छ । यसको मासिक भ्यालु ४४ करोड र वार्षिक ५ अर्ब २८ करोड रकम भन्सार छली हुने गरेको महासङ्घको रेकर्डमा छ ।

यसैगरी विदेश जाने नेपालीहरूले आफन्त तथा साथीभाइहरूका लागि ५५ देखि ६० हजार मोबाइल सेट उपहार स्वरुप ल्याइदिएको तथ्याङ्कले देखाउँछ । ती मोबाइलको मूल्य करिब १ अर्ब ८० करोड हुन आउने देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष