अर्थको जबाफ :- संसदका कर्मचारीको मात्र तलब-भत्ता बढाउन सकिँदैन

अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयका कर्मचारीहरूको मात्र तलब बढाउन सम्भव नरहेको जवाफ फर्काएको छ । कुनै पनि सरकारी कर्मचारीको तलब भत्ता नबढेका बेला संसद्का कर्मचारीको मात्रै तलब बढाउने विषय तत्काल सम्भव नभएको जबाफ अर्थका कर्मचारीहरुले सांसदका पदाधिकारीहरुलाई फर्काएका छन् ।

बिज्ञापन

सांसद सेवाका कर्मचारीहरु प्रोत्साहन भत्ताको माग राखेर अस्तिदेखि आन्दोलित छन् । ११ बुँदे माग राखेर आन्दोलनमा होमिएका सांसद सेवाका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलव्ध गराउन नसकिने जबाफ अर्थ मन्त्रालयका कर्मचारीहरुले संसदका पदाधिकारीहरुलाई दिएका हुन ।

बिज्ञापन

संसद सेवाका कर्मचारीहरुको आन्दोलन पछि कर्मचारीहरूको मागका सम्बन्धमा सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेले यस सम्बन्धमा भोलि अर्थमन्त्रीसँग छलफल गर्ने बताइरहँदा अर्थ मन्त्रालयका कर्मचारीहरुले संसद सेवाका कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता उपलव्ध गराउन नसकिने जबाफ फर्काएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संस्थागत समाजिक उत्तरदायित्वको आयाममा निजी क्षेत्रको भूमिका

स्थानीय प्रशासनका ‘फिल्ड अफिसर’ : युवराज आचार्यको सेवा यात्रा

सडक विभागका कर्मचारी अटेरी

निजामतीका दुई सन्तानलाई स्नातकसम्म सरकारले निशुल्क पढाइदिने

अब कर्मचारीविरुद्ध मुद्दा चलाउदाँ सरकारको स्वीकृति अनिवार्य

ढुकुटीमा भार : उच्च पदस्थका ड्राइभरलाई नियमविपरीत मोटरसाइकल र इन्धन

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

बिशेष