सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बाँड्ने मुख्यमन्त्रीको घोषणा

मधेस प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकबाट चयन भएका सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । सांसदहरूको क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।संघमा संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रममार्फत सांसदहरुलाई ठेकेदार बनाउने गलत कामलाई सर्वाेच्चले रोक लगाइदिएको थियो ।

बिज्ञापन

संघमा खारेज भइसकेको संसदीय विकास कोषलाई मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले भने घुमाउरो ढंगले सांसदलाई रकम बाँड्न खोजेका छन् । शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।जनस्तरबाट आलोचित सांसद विकास कोष कार्यक्रमलाई घुमाउरो ढंगले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले निरन्तरता दिन खोजेका छन् ।

बिज्ञापन

पदभार ग्रहणका क्रममा गरेको घोषणालाई मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएका हुन् । मधेस प्रदेशमा शुक्रबार नयाँ सरकार गठन भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष