दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभा एकैपटक डाकेको हो ।

बिज्ञापन

उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

बिज्ञापन

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

उक्त सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

बिज्ञापन

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष