क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर,जिल्ला अदालतको फैसला उच्चले उल्टायो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै पाटन उच्च अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

बिज्ञापन

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो ।जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

बिज्ञापन

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीपले फैसलाउपर असन्तुष्टि जनाउँदै गत फागुन १० गते उच्चमा पुनरावेदन गरेका थिए । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष