ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्स म्यागाजिनले दियो अवार्ड, उत्कृष्ट बैंकका रुपमा सम्मानित

काठमाडौं। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी ग्लोबल आइएमईलाई सम्मानित गरेको हो।विश्वसनियता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ लगायत मापदण्डका आधारमा ग्लोबल फाइनान्स म्यागाजिनले आफूलाई नेपालको उत्कृष्ट बैंक ठहर्‍याएको ग्लोबल आइएमईले सोमबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

बिज्ञापन

ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने नेपालको पहिलो बैंक हो।ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’का रुपमा पाएको सम्मानले आगामी दिनमा रचनात्मक सेवा प्रदान गर्न थप उत्साहित गरेको बैंकले जनाएको छ।

बिज्ञापन

म्यागाजिनले एसिया प्यासिफिक, अफ्रिका, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको छ।हङकङको एचएसबीसी, अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन, मलेसियाको मे बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड, फिलिपिन्सको मेट्रो लगायत बैंक सम्मानित भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रालयको सहजीकरण टोली असफल,समयमा बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण माग

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

बिशेष