टाटाको ईभीले बजार जमाउँदै

टाटा मोटर्सले प्यासेन्जर सवारी बजारमा आफूलाई एउटा महत्वपूर्ण खेलाडीको रुपमा प्रस्तुत गरेको छ । यसका साथै टाटा मोटर्सले भारतको ईभी कार बजारको ठूलो हिस्सा समेत ओगटेको छ ।

बिज्ञापन

कम्पनीले गत साता चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष ७३ हजार ८ सय ईभी कार बिक्री गरेको जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४८ प्रतिशतले बढी हो । यस्तै कम्पनीले आर्थिक वर्ष २०२४ मा १ लाख ५० हजार युनिट ईभी कार उत्पादन गर्ने कोशेढुङ्गा पार गरेको छ ।

बिज्ञापन

टाटा मोटर्सले अहिले भारतीय ईभी कार बजारको करिब ८५ प्रतिशत हिस्सा ओगटेको छ । यी उपलब्धी र कोशेढुङ्गा कम्पनीको ब्राण्डका लागि सकारात्मक संकेतहरु भएपनि भारतमा ईभी सवारीलाई ग्रहण गर्ने सुरुवाति उत्साहमा भने घटिरहेको कम्पनीले जनाएको छ । टाटा मोटर्सका प्रम्ुख वित्तीय अधिकृत(सीएफओ) पीबी बालाजीले कम्पनीले ईभी कारप्रति भारतीय ग्राहकको घट्दो उत्साहबारे राम्रोसँग जानकार रहेको चुनौतिका बाबजुत पनि घट्दो उत्साहलाई उकास्न र ईभी बजारको वृद्धिका लागि आवश्यक कदमहरु चालिरहेको बताएका छन् ।

अटो ओईएमले भारतीय बजारमा ईभीको बजार विस्तार र ग्राहकहरुको विभिन्न खाले जिज्ञाशालाई सम्बोधन गर्न ईभी बजारको विकासका लागि केन्द्रीत रहेको जनाएको छ ।

बिज्ञापन

ईभी बजारमा आफ्नो प्रभुत्व कायम राख्न टाटा मोटर्सले बुहुपक्षिय दीर्घकालिन रणनीतिका साथै केहि नयाँ रणनीतिहरु पनि अपनाईरहेको छ ।

१. नयाँ ईभी लञ्च

टाटा मोटर्सले आगामी दिनमा श्रृखलावद्ध रुपमा नयाँ ईभी कार लञ्च गर्ने योजना बनाएको छ । सन् २०२४ मा कम्पनीले कर्भ ईभी लञ्च गर्ने योजना बनाएको छ । यसका साथै कम्पनीले टाटा ह्यारियर र टाटा सफारीको पनि ईभी भर्जन निकाल्ने तयारी गरेको छ । यससँगै यी भेरियन्टले पनि टियागो ईभी, टिगोर ईभी, नेक्सन ईभी र पञ्च ईभी जस्ता ईभी मोडलका कारहरुको ब्राण्ड लाइनअपमा समावेश हुनेछन् ।

२. चार्जिङ पूर्वाधार

नयाँ ईभी कार लञ्चका साथै अटो ओईमएले सहज ईभी चार्जिङ पूर्वाधार पनि ध्यान केन्द्रीत गरेको छ । हुन्डाई र एमजी मोटर्सले भारतमा ईभी चार्जिङ पूर्वाधारको विकासका लागि विभिन्न कम्पनीहरुसँग हातेमालो गरिरहेको छ । टाटा मोटर्सले पनि ईभी प्रयोगकर्ताहरुलाई चार्जिङ पूर्वाधारमा पहँच पुर्याउने लक्ष्यसहित आउँदा वर्षमा २२ हजार ईभी चार्जर सेटअप गर्न विभिन्न कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यसले ग्राहकहरुको मनोबल बढ्नुका साथै ईभी सवारीलाई ग्रहण गर्ने दर बढ्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

३. ईभी बजार विस्तार

ईभी व्यवसायको वृद्धिलाई निरन्तरता दिन नयाँ ईभी कारको लञ्च र चार्जिङ पूर्वाधारको विकास मात्रै नभई बिक्री लक्ष्य पार गर्नु र नयाँ बजारहरुमा पहुँच विस्तार गर्नु पनि अहिलेका ईभी अटो निर्माताहरुको रणनीतिमा पर्ने विषयहरु हुन् । टाटा मोटर्सले पनि बिक्री लक्ष्य पुरा गर्दै भारतीय ईभी कार बजारमा आफ्नो उपस्थिती र पहुँच विस्तार गर्ने योजना बनाईरहेको छ । आर्थिक वर्ष २०२४ मा अटो ओइएमले १ लाख युनिट कार बिक्री गर्ने लक्ष्य भेट्टाउन सकेको थिएन । कम्पनीले यो वर्ष ७३ हजार ८ सय युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो आवको तुलनामा भने ४८ प्रतिशतले धेरै हो । तर कम्पनीले चालु आवमा भने यो लक्ष्य पार गर्नेमा ढुक्क रहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष