उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पीपीसी ढलानमा अनियमितता भएको भन्दै तथ्य र प्रमाणसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
यसरी अख्तियारले पोलेकामा उपसचिव,अधिकृत छैटौं,बरिष्ठ इन्जिनियर,सब इन्जिनियर,कार्यपालिका सदस्यका अलवा तत्कालीन मेयर र उपमेयरसमेत रहेका छन् । अख्तियारले महोत्तरीको जलेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गर्दै त्यहाँका तत्कालीन नगर प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

बिज्ञापन

०७९/ ०८० मा सञ्चालित बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यमा नगर प्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अधिकृत छैठौं धिरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेको भन्दै उनीहरूविरुद्ध ५ लाख ८४ हजार ६३७ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी सहित भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले नगरपालिकाका वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह साथैं कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं। १ का वडाध्यक्ष अनिल कुमार झालेसमेत उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए । उनीहरू सबैविरुद्ध समान बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सशस्त्र प्रहरी महानिरीक्षकमा पाैडेल नियुक्त

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

बिशेष