कुमारी बैंकको १.११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो ।

बिज्ञापन

कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

बिज्ञापन

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

बिशेष