तीन लाख घुस प्रकरणमा तीनविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस प्रकरणमा जोडिएका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दाय गरेको छ ।
अख्तियारले आज विशेष अदालतमा दुई जना कर्मचारी र एक कन्सल्टेन्सी सञ्चालकलाई भ्रष्टाचार मुद्धा दायर गरेको हो । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनीयर बराल, सब इन्जिनीयर उषाकिरण रोकाया र कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

उनीहरूलाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिइएको थियो । बाँकी २ लाख सुरज कुँवरमार्फत लिई उषाकिरण रोकायाको खातामा जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरूविरुद्ध घुस रकम बराबर बिगो कायम गरी बिगोबमोजिम जरिवानाको समेत मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष