एभरेष्ट बैंकको नाफा साढे २ अर्ब माथि, अधिकांश सूचकाङ्कमा प्रगति

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकले खुद नाफामा ५.७७ प्रतिशतको वृद्धि भएको हो।

बिज्ञापन

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ रहेको छ। उक्त अवधिको नाफाबाट बैंकले ३१.१७ प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ।

बिज्ञापन

यस्तै चालु आर्थिक वर्षकोको चैत मसान्तसम्म बैंकले २ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ। जस वापत बैंकले ५ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै सो अवधिमा बैंकले ६ अर्ब २९ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको छ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ, जगेडा कोष ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ,वितरणयोग्य नाफा३ अर्ब २६ करोड रुपैयाँबाट घटेर २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ र खराब कर्जा ०.७० प्रतिशत मै स्थिर रहेको छ ।

बिज्ञापन

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऐनभन्दा ठूलो आयोगको निर्देशिका होइन: इन्दिरा यादव मुद्दाले हल्लायो लोकसेवा

सूचीबाट हटाइएका उपसचिवलाई साता दिन पछि नै अन्तर्वार्तामा सामेल गर्दै लोकसेवा

अर्थविद्हरुको सुझाव : कर्मचारीको तलब २५ प्रतिशत बढाऔं

लोकसेवामा राजनीतिक भागवण्डामा सदस्य नियुक्ति

सशस्त्रको डीआईजीमा खड्काको बढुवा

श्रेणीविहिनदेखि शाखा अधिकृत तहमा ३८ जनशक्ति करारबाटै भर्ती गरिँदै

कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

बिशेष