लमजुङमा ज्योतिको हङ्गमा :- खोलिन छोटा लुगा लगाउनुको रहस्य

अञ्जनकुमार

बिज्ञापन

गायिका ज्योति मगरमाथि लाग्दै आएको आरोप हो,उनको खासियत भनेकै मोटा सेता तिघ्रा र भित्री वस्त्र मात्र हो । यस्तै टिप्पणी सुनिँदै आएको थियो उनी लक्षित । महोत्सवको चौथो दिन उनै मगर लमजुङ आइपुगिन र उक्त कथनीलाई व्यवहारमै उतारिन । गायकीपन भन्दा पनि मोटो शरीरलाई निकै हल्का तवरले उफारेर दर्शकलाई उत्तेजित पार्न खप्पिस मगरले आठौं लमजुङ महोत्सवमा न कुनै मन छुने गीत गाईन, न कुनै सन्देश मुलक गीत, न संस्कार र सस्कृति संरक्षण हुने खालका नै । लगभग डेढ घण्टामा मञ्चमा उफ्रिइन, भित्री वस्त्र देखाइन, अपाच्य शब्दको वर्षाले ठिटाठिटीलाई निथ्रुक्कै पारिदिइन ।

बिज्ञापन

चर्चासंगै उत्तिकै विवादास्पद गायिका ज्योति मगरले प्रस्तुतिको शुरुमै आयोजकतिर हेर्दै भनिन, स्टेज त भाचिन्न नि, उता जस्तो पस्ने त हैन नि ? उनको प्रश्न पछि कार्यक्रमको अध्यक्षता गरिरहेका उद्योग वाणिज्य सघका अध्यक्षले जबाफ फर्काए भाचिन्न भाचिन्न जति उफ्रे पनि । ज्योति आफ्नो प्रस्तुति दिन जब स्टेज अगाडि देखा परिन शुरुमै आफूले छोटो लुगा किन लगाएको भन्ने बारे प्रवचन दिईन । ‘सेतो, चिल्लो, मुलायम छाला, मोटा तिघ्रालाई नदेखाएर लुकाएर के राख्नु त । केटाहरूको जस्तो गठर्किएको भुत्लै भुत्ला भएको होर छोपेर हिड्नलाई ? देखाउने भनेकै हामी केटीहरुले हो ।’

‘कुरा काट्नेहरुको सोच नै बलात्कारी छ, मन कालो छ कुरा त काटिहाल्छन नि हैन ? हैन त अध्यक्ष ज्यु ?’ मञ्चमा आसिन उद्योग वाणिज्य सघको अध्यक्ष र दोर्दी गाउँपालिकाका अध्यक्षतर्फ हेर्दै ज्योतिले प्रश्न गरेकी थिइन । आफ्नो ‘अगाडिको भन्दा पछाडिको अझ… देखिएकोले र्याल त काड्नु भएको छैन नि है’ भन्दै ? खोली भित्र पानी चोली भित्री जवानी गीतमा कपाल फिजारेर उफ्रिन थालिन । खोली भित्र पानी चोली भित्र जवानी गीतमा ठिटाहरु कपडा फुकालेर मच्चिदै मन्चतिर लम्किन खोजे पनि कडा सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना त केही हुन पाएन ।

बिज्ञापन

उनले चानचुने त कहाँ हो र जिम्मुवाल बाउ कि छोरी, म त नाच्ने हो छोटो सारीमा जस्ता गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन भने बीच बीचमा ज्योतिले छोटो कपडा लगाएर विकृति फैलाइ भन्ने प्रति पनि कटाक्ष गर्न भ्याएकी थिईन । हजारौं दर्शक, साँझपख अनि ज्योतिको उत्ताउलो गीत र हर्कतलाई उमेर ढल्दै गएका आमा दिदीलाई अपाच्य लाग्यो । कतिपय महिलाहरु, छ्या, कस्ती छाडा आइमाई भन्दै महोत्सव स्थलबाट निस्किए । हुन पनि ज्योतिले गाँउले परिवेश र उपस्थित बुढाबुढीको ख्यालै नगरी कहिले स्पिकर माथि खुट्टा चडाएर त कहिले अवाञ्छित हाउभाउमा आफ्नो भित्रि वस्त्रनै देखिने गरि प्रस्तुति दिइरहेकी थिइन ।

यता, सोही कार्यक्रममा आएका धुर्मुस सुन्तलीले चितवनमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको अनियमिततामा आफू माथि लागेको दाग मेटाउन हरतरहले प्रयत्न गर्दै थिए । तर दर्शक दीर्घबाट उनीहरुप्रति पहिला झैं सम्मान थिएन,गाली गरिरहेको सुनिन्थ्यो । १४ वर्षपछि लमजुङ पुगेका उनीहरुले आफूहरुले कुनै घोटाला नगरेको तर दाताहरूले ठगेको बताएका थिए । दिन्छु भनेर दिएनन् । हाम्रो ५४ करोड खर्च भएको छ । निर्माणका लागि ३ अर्ब ५५ करोड अनुमान गरिएको थियो राज्यले सहयोग गरेन । दाताहरूले घात गरे भन्दै चोखिन खोज्दै थिए ।

धुर्मुस उर्फ सीताराम कट्टेलले गृहमन्त्री रवि लामिछानेलाई घुमाउरो पारामा सहकारी प्रकरणमा चोखो नभएको, अनाधिकृत रुपले पदको दुरुपयोग गरेको आरोप त लगाएकै थिए । ज्योतिले झन कडा रुपमा रविको विरोध गरिन । चुनावका बेला विदेशमा भएका नेपालीलाई फर्काउने र स्वादेशमै जागिर दिलाउने भनेर निकै खोकेका रविले कति नेपाली फर्काएर रोजगारी दिलाए ? प्रश्न गरेकी थिइन् । खोया काण्डदेखि जिबि राईको प्रसङ्ग जोडेर ज्योतिले रविको उछित्तो काड्न छाडिनन । आलु खाएर पेडाको धक्कु भनेझै सानातिना चेपागाडा समात्ने, धम्क्याउने तर ठुला माछालाई जाल समेत नफाल्ने, नयाँ जोगी पुरानो खरानी रवि प्रति कटाक्ष थियो । गीत गाउँदा गाउँदै रविप्रति निकै आक्रामक बनेकि ज्योतिको कुरामा ड्युटीमा खटिएका प्रहरीले भने खुब चाख मानेको अनुमान लगाउन सकिन्थ्यो ।

आफ्नो देखेर बुढाहरुले खुव र्याल काटेको भन्दै पटक पटक स्पिकरमाथि खुट्टा चडाएर प्रस्तुति दिएकी ज्योतिलाई भारतीय पेन्सनवाला एक गुरुङ बाजेले देखियो देखियो भन्दै ज्योतिलाई उकासे । भने दोर्दी गाउँपलिकाका अध्यक्ष युवराज अधिकारीले ज्योतिको प्रशंसा गर्दै आफूलाई मनपर्ने गायिकामा पर्ने, उनको हक्की स्वभावको आफू फ्यान भएको बताए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित अधिकारीले ज्योतिको जसले जति कुरा काटेपनि मार्केटमा उनको माग नघटेको बताएका थिए ।

यही चैत्र २३ गतेदेखि शुरु भएको आठौं लमजुङ महोत्सव को राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । महोत्सवको बैशाख ३ गते समापन गरिने छ । धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाः दीगो पर्यटन उद्योग – समुन्नत लमजुङको मार्गदिशा भन्ने नारा सहित महोत्सवको उद्घाटन गरिएपनि लमजुङको पहिचान झल्कने, लमजुङको व्यवसायलाई प्रवर्द्धन हुने कुनै कार्यक्रम छैन ।

आयोजक लमजुङ उद्योग वाणिज्य सघले २१ लाखमा तेज बहादुर कार्की नामका ठेकेदारलाई महोत्सव गर्ने ठेक्का दिएपछि स्थानीय सहभागिता न्यून र कुनै स्टल नै देखिदैन । महोत्सवमा प्रायः तराई मुलका बासिन्दाको कपडा, भाडाकुडाको स्टल बाहेक खासै उल्लेखनीय स्टल देखिदैन । लमजुङ महोत्सवलाई ठेक्कामा लगाएपनि स्थानीय पालिकाहरुबाट लाखौको रकम सहयोग गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष