मामा- भाञ्जी एकै ठाँउ,इमान्दार शिक्षकलाई अर्कै गाँउ

काभ्रे, २६ चैत्र । काभ्रेको एक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई सरुवा गरिएको बिषयलाई लिएर विद्यार्थीहरुले ताला लगाएका छन् ।

बिज्ञापन

भुम्लु गाउँपालिका २, मा रहेको श्री अरुणोदय माविका विद्यार्थीहरुले कुशल अध्यापक सरुवा गरेको भन्दै गेटमा तालाबन्दी गरेका हुन् ।

बिज्ञापन

लामो समयदेखि अरुणोदयमा अध्यापन गराउँदै आएका स्थायी शिक्षक गजेन्द्र सञ्जेल विद्यार्थीदेखि अभिभावकको आँखाका नानी थिए । ती शिक्षकलाई विना कारण सरुवा गरिएको भन्दै विद्यार्थीहरु आल्दोलनमा उत्रिएका छन् । जसको कारण विद्यालयको पठन पाठन ठप्प छ।
शिक्षक सञ्जेलका अनुसार उनलाई गाउँपालिकाले गत चैत २२ गते सरुवाको पत्र थमाएको थियो । कक्षा १२ सम्म पढाउँदै आएका उनलाई अहिले बेख्सिम्लेस्थित वनदेवी माध्यमिक विद्यालय पठाइएको छ । वडाध्यक्ष सुजन भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुव भण्डारी र प्रधानाध्यापक निर्माला खड्काको मिलिमतोमा गाउँपालिकाले बिनाकारण सञ्जेललाई सरुवा गरेको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै उनलाई फिर्ता नल्याएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन् । विना सहमति ताला काटेपछि आज पनि विद्यार्थीहरुले विरोध प्रदर्शनमा उत्रिएका हुन ।

बिज्ञापन

‘मिहिनेती शिक्षक श्री गजेन्द्र सञ्जेलको सरुवा यस विद्यालयका प्रचार्य, विद्यालय व्यवस्थापन समिति र वडाध्यक्षको सिफारिसमा भुम्लु गाउँपालिकाले अरुणोदय मावि, सिम्थलीबाट श्री वनदेवी मावि बेख्सिम्लेमा सरुवा गरेकोले सरुवा गर्नुको कारणसहित, उहाँको पारिवारिक अवस्थाका साथै अपाङ्गताका आधारमा पनि उहाँलाई पायक पर्ने विद्यालय अरुणोदय माध्यमिक विद्यालयमा नै सरुवा गर्न पहल गरिदिनुहुन र विद्यालयमा भएको वा भइरहेको राजनीतिक क्रियाकलापमा भुम्लु र सिम्थलीका वडाध्यक्ष, श्री अरुणोदय माविका वि।व्य।सका अध्यक्ष, प्र अ, भुम्लु शिक्षा शाखा तथा भुम्लु गाउँपालिका परिवारलाई ध्यानाकर्षण गर्न विनम्र अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

शिक्षक सञ्जेल भने आफूलाई कुनै कारण नदेखाइ सरुवा गरेकोमा दुखित छन् । के कारणले मलाई सरुवा गरियो, थाहा भएन् । उहाँहरुले एकाएक बोलाएर सरुवा पत्र थमाइदिनुभयो । उनले राजनीतिक पहुँचमा आधारमा सरुवा गरिएको प्रतिक्रिया दिए ।
यद्यपि विद्यालयकी प्रधानाध्यापक निर्मला खड्का भने सञ्जेललाई गाउँपालिकाले काजमा सरुवा गरेको बताउँछिन् । तर, खड्काले नै अगाडि सरुवाको लागि सिफारिस गरेर पठाएको बताइन्छ ।

शिक्षक दरबन्दी निकै कम भएको उक्त विद्यालयमा प्राविमा जम्मा चार जना शिक्षकको दरबन्दी छ भने माविमा पनि अपुग छ। माविका शिक्षकले प्राविसमेत धान्दै आएको उक्त विद्यालयमा किन अपांग शिक्षकलाई सबै मिलेर सरुवा गरियो अझै खुल्न सकेको छैन । सिम्थलीको एक मात्र मावि विद्यालय अरुणोदय पटकपटक विवादमा तानिनाले विद्यार्थीको पढाईमा समेत असर परेको छ ।

स्मरण रहोस् उक्त विद्यालयकी प्र अ निर्मला खड्का र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव भण्डारी मामा- भान्जी हुन भने वडा अध्यक्ष सुजन भण्डारी सोही स्कुलमा पढेका निर्मलाका विद्यार्थी हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ई-पेन्सन सेवातर्फ आकर्षित बन्दै निवृत्त कर्मचारी, श्रेणीविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित

कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १०३ कर्मचारीको सरुवा

सात महिना नेतृत्व,सम्मानजनक बर्हिगमन

संगीता पहाडीसहित सबै प्रतिवादीलाई सफाइ

वडा सचिव सक्कली,प्रमाणपत्र नक्कली

२० बर्षदेखि एउटै भाडाको घरबाट कार्यालय सञ्चालित,स्थानान्तरणको बिषय फेरि अलपत्र

अब कर्मचारीको खराब आचरण स्थायी अभिलेखमा, राष्ट्रिय कितावखाना र सतर्कता केन्द्रले थाले दफा ५५क कार्यान्वयन

३ हजार २ सय कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने तयारी

बिशेष