कलाकार जसलाई फापेन घरबार

रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् । विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल पति–पत्नीको भूमिकामा देखिएका नेपालका धेरै कलाकारहरूको वास्तविक पारिवारिक जीवन भद्रगोल छ ।
केही अघिमात्र निशा अधिकारी,बबिता बानिया जेरीको वैवाहिक सम्बन्धमा पूर्ण विराम लाग्यो । फेरि यसैमा थपिएका छन् अर्काे गायक राइ इज किङ ।

बिज्ञापन

अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्मा,मिलन आमात्य,अरुणीमा लम्साल,प्रिंयका कार्की,भुवन केसी र सुष्मिता,मनिषा कोइराला,छवि रेखाझैं गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग डिभोर्स गरेका छन् । उनीहरुले काठमाडौँ जिल्ला अदालतमा चैत १२ गते गुपचुप रुपमा सहमतिसहित डिभोर्स गरेका सार्वजनिक भएको छ ।
न्यायाधीश पदमराज पाण्डेको इजलासमा राजेश र साङबुङबीच सहमति सहितको डिभोर्स भएको थियो । सहमति पत्रमा राजेशले साङबुङको सबै माग पुरा गरेका छन् ।

बिज्ञापन

शुरुमा डिभोर्सको लागि राजेशले नै मुद्धा हालेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् । नक्सालमा एउटा घर रहेछ,पौने पाँच करोड बराबरको । साढे तीन तलाको भन्ने छ,त्यो सहित ५० लाख नगद दिने सहमति भएको बताइएको छ । सहमतिअनुसार राजेशले नक्सालस्थित साढे तीन तलाको घर र पचास लाख नगद साङबुङलाई दिएका छन् । उनले भने, ुउहाँको नक्सालमा एउटा घर रहेछ,पौने पाँच करोड बराबरको । साढे तीन तलाको भन्ने छ,त्यो सहित ५० लाख नगद दिने सहमति भएको हो ।

यस्तै राजेशले काठमाडौँमा रहेको एउटा घडेरी पनि साङबुङको नाममा गरिदिएका छन् । अहिले राजेश र साङबुङको दुई वर्षीय एउटा छोरो छ । सहमतिमा पत्रमा छोरो साङबुङसँगै बस्ने र १८ वर्ष नपुन्जेलसम्म राजेशले मासिक रुपमा भरणपोषणका लागि १५ हजार उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष