कलाकार जसलाई फापेन घरबार

रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् । विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल पति–पत्नीको भूमिकामा देखिएका नेपालका धेरै कलाकारहरूको वास्तविक पारिवारिक जीवन भद्रगोल छ ।
केही अघिमात्र निशा अधिकारी,बबिता बानिया जेरीको वैवाहिक सम्बन्धमा पूर्ण विराम लाग्यो । फेरि यसैमा थपिएका छन् अर्काे गायक राइ इज किङ ।

बिज्ञापन

अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्मा,मिलन आमात्य,अरुणीमा लम्साल,प्रिंयका कार्की,भुवन केसी र सुष्मिता,मनिषा कोइराला,छवि रेखाझैं गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग डिभोर्स गरेका छन् । उनीहरुले काठमाडौँ जिल्ला अदालतमा चैत १२ गते गुपचुप रुपमा सहमतिसहित डिभोर्स गरेका सार्वजनिक भएको छ ।
न्यायाधीश पदमराज पाण्डेको इजलासमा राजेश र साङबुङबीच सहमति सहितको डिभोर्स भएको थियो । सहमति पत्रमा राजेशले साङबुङको सबै माग पुरा गरेका छन् ।

बिज्ञापन

शुरुमा डिभोर्सको लागि राजेशले नै मुद्धा हालेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् । नक्सालमा एउटा घर रहेछ,पौने पाँच करोड बराबरको । साढे तीन तलाको भन्ने छ,त्यो सहित ५० लाख नगद दिने सहमति भएको बताइएको छ । सहमतिअनुसार राजेशले नक्सालस्थित साढे तीन तलाको घर र पचास लाख नगद साङबुङलाई दिएका छन् । उनले भने, ुउहाँको नक्सालमा एउटा घर रहेछ,पौने पाँच करोड बराबरको । साढे तीन तलाको भन्ने छ,त्यो सहित ५० लाख नगद दिने सहमति भएको हो ।

यस्तै राजेशले काठमाडौँमा रहेको एउटा घडेरी पनि साङबुङको नाममा गरिदिएका छन् । अहिले राजेश र साङबुङको दुई वर्षीय एउटा छोरो छ । सहमतिमा पत्रमा छोरो साङबुङसँगै बस्ने र १८ वर्ष नपुन्जेलसम्म राजेशले मासिक रुपमा भरणपोषणका लागि १५ हजार उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच मन्त्री हटाइँदै

हङकङबाट फिर्ता भएका लेखकलाई गृह,सञ्चार र कानुन सचिवको जिम्मेवारी

१ सचिव,५ सहसचिवसहित ८७ कर्मचारीको दरबन्दी कटौती

तीन सचिवको जिम्मेवारी हेरफेर,पाण्डेको काँधमा आन्तरिक मामिला तथा कानुन

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

बिशेष