स्थायी कर्मचारी जोकरफाल्तु,प्रशिक्षार्थी कर्मचारीको हैकम

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् ।

बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न कार्यविधि २०८०’ बिहीबार स्वीकृत गरेको सन्र्दभमा प्रदीप पौडेलले प्रश्न उठाएका हुन । निजामती कर्मचारीलाई परिचालन गरेर कार्यसम्पादनको नतिजा देखाउनु पर्नेमा मन्त्रालयले निजामती कर्मचारीमाथि अविश्वास प्रतिबिम्बित हुने गरी कार्यविधि ल्याएको हो । आफ्नो मातहतका कर्मचारीसँग काम लिन छाडेर बाहिरका कर्मचारी भर्ती गर्न खोज्नु मन्त्रीको गलत नियत देखिएको जानकारहरु बताउँछन् ।मन्त्रालयकै कतिपय शाखा अर्थहीन र कर्मचारी कामविहीन भएका बेला उनीहरूलाई उपयोग गर्नुपर्नेमा प्रशिक्षार्थीका रूपमा ‘आसेपासे’ भित्र्याउन लागिएको भन्दै मन्त्रालयकै कर्मचारीहरुले समेत प्रश्न उठाइरहेका छन् ।

बिज्ञापन

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै प्रदीप पौडेलले् ‘सरकारी कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस गरिएको खबर आइरहेको उल्लेख गर्दै यी तमाम् विषय संसद्लाई जानकारी गराइनुपर्छ माग राखे ।

यस्तै पौडेलल त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको नियुक्ति प्रक्रिया सार्वजनिक गर्न माग समेत गरे । उनले भने,त्रिविको पदाधिकारीको नियुक्ति प्रक्रिया के हो संसद्लाई जानकारी गराउनुपर्छ । मापदण्ड र आधार के हो ? उनले शिक्षामन्त्री सुमना श्रेष्ठलाई त्रिविमा राजनीतिक रंग कहिले अन्त्य हुन्छ ? भन्दै प्रश्न गरे । त्रिभुवन विश्वविद्यालयलाई आमूल परिवर्तन गर्छु राजनीतिको र पनि प्रवेश गर्न दिन्न भन्ने हाम्रो माननीयज्यूले नेतृत्व गरिरहेको त्रिविले अहिले कसरी गुज्रिरहेको छ ? नियुक्तिको प्रक्रिया हिजो र आजमा के फरक छ ? राजनीतिक रंग पनि पर्न नदिने भनिरहँदा नियुक्तिको प्रक्रियामा त अहिले राजनीतिकको रंगले नै पोतिएको देखियो।

बिज्ञापन

उनले त्रिविबाट उत्तर पुस्तिका हराउनेहरूलाई कारबाही गर्न माग गरे।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष