महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको छ ।
बिज्ञापन
आइतबार बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो। आगमी ६ महिना पछि नै उमेर हद लागेर घर जान लागेका पूर्व अर्थ सचिव रायालाई हिजो बसेको संवैद्यानिक परिषद्को बैठकले प्रमुख महालेखा परीक्षकमा नियुक्त गरेको छ । गत जेठ १० गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि ११ महिनादेखि उक्त पद रिक्त थियो।
बिज्ञापन
संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























