कोटीभिटीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख बिगो सजायको मागदावी

राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ ।

बिज्ञापन

विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबीसहित आइतबार उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले ५ अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलेको विभागले गरेको अनुसन्धानबाट खुलेको छ ।

बिज्ञापन

विभागले अनुसन्धानको क्रममा शेयर धनी दर्ताको विश्लेषण गर्दा भेरिस्क इन्फर्मेशन टेक्नोलोजिज् प्रालिको नाममा शेयर धनी दर्ता किताबमा डिटु हकाई, इंक, भेरिस्क हेल्थ इंक उल्लेख भएको र भर्सेन्ड टेक्नोलोजिज्को नाममा शेयर धनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटभिटी नेपाल प्रालि उल्लेखित भएको देखिएको थियो ।छानबिन गर्दा यी कम्पनीको विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएता पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

उक्त कम्पनीले आफूमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई सोबमोजिम सिर्जना हुने प्रचलित कानूनबमोजिमको कर दायित्व ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ चुहावट गरेको अभियोगपत्रमा उल्लेख छ ।

बिज्ञापन

विभिन्न आर्थिक वर्षमा कम्पनीको शेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तनअनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारअन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानूनबमोजिम तिर्नु/बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी प्रालि रहेकोमा २०७३ श्रावण २८ गतेको शेयरधनीको निर्णयानुसार कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि कायम गरी कम्पनी रजिष्ट्रार कार्यालयले २०७३ भदौ ८ गते स्वीकृति प्रदान गरेको देखिन्छ ।

त्यस्तै, कम्पनीको मिति २०७५ कात्तिक १ को शेयरधनीको विशेष निर्णयबमोजिम भर्सेन्ड टेक्नोलोजी प्रालि नाम परिवर्तन गरी कोटीभिटी नेपाल प्रालि कायम गर्न निवेदन दिएका थिए । त्यसपछि २०७५ पुस ८ को पत्रबमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको देखिन्छ ।

 

आर्थिक वर्ष २०७२/७३ मा कुल १७लाख ५ हजार २०२ कित्ता सम्पूर्ण शेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा प्रमाणित शेयरधनी दर्ता किताबाट देखिन्छ ।त्यस्तै, २०७५ जेठ २१ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी भर्सेन्ड टेक्नोलोजी ईन्क, संयुक्त राज्य अमेरिका रहेकोमा मिति २०७५ कत्तिक २६ मा कम्पनीको तर्फबाट प्रमाणित शेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल शेयरधनी कोटिभिटी ईन्क संयुक्त राज्य अमेरिका रहेको देखिन्छ ।

आफूले उत्पादन गरेको सेवा कोटीभिटी आइएनसी बाहेक अरुलाई बिक्री नगरेका कारण उसको व्यावसायिक प्रतिनिधि कोटीभिटी आइएनसी नै रहेको विभागको अनुसन्धानबाट पुष्टि भएको महानिर्देशक ढुंगानाले बताए । महानिर्देशक ढुङ्गानाका अनुसार एउटै व्यावसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गरेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

बिशेष