१७ लाख रुपैयाँ बराबरका भन्सार छलेको सामान बरामद

भैरहवा । रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो ।

बिज्ञापन

गणले प्रेस विज्ञप्तिमार्फत जनाएअनुसार विशेष सूचनाका आधारमा सियारी गाउँपालिका–७ स्थित कनरीबाट समान बरामद गरिएको हो । सशस्त्र प्रहरीका अनुसार जिल्लाको विभिन्न क्षेत्रबाट भन्सार छलेर १७ लाख ५४ हजार २ सय ९० रुपैयाँ मूल्यका सामान मुलुकतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।बरामद सामानमा कस्मेटिक सामान, चप्पल र खाद्यान्न रहेका छन । ढुवानीमा प्रयोग भएको लु १ ज ३५१० नम्बरको छोटा हात्ती गाडी बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको न्यौपानेले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष