सरुवा माग्ने शिक्षिकालाई यौन प्रश्ताव राख्ने कानेपोखरीका शिक्षा अधिकृत कार्यालय छोडेर भागे

सरुवा माग्ने शिक्षिकालाई फेसवुक म्यासेन्जरमै यौन प्रश्ताव राखेको स्क्रिनसर्ट सार्वजनिक भएपछि मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको भागाभाग भएको छ। काफले शुक्रबारदेखि नै कार्यालयमा अनुपस्थित भएका छन्। उनी ५ चैतमा इमेलमार्फत बिदाको पत्र पठाएर हिडेको जनाईएको छ। काफ्लेले प्रतिक्रियामा भने आफूले कसैसँग त्यस प्रकारको गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्।

बिज्ञापन

अधिकृत काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् तर काफ्लेले आर्थिक पाटो र यौनको पाटो अलग्गै हो भन्दै पटक–पटक यौन प्रस्ताव राखिरहेपछि सो काण्ड छताछुल्ल भएको छ ।

बिज्ञापन

हाल कानेपोखरीका अधिकांश मानिसको म्यासेञ्जरमा काफ्लेले महिलासँग गरेको कुराकानीको स्क्रिन सट पुगेको छ । काफ्लेले बारम्बार यौन प्रस्ताव राख्दै म्यासेज डिलिट गर्न थालेपछि ती शिक्षिकाले स्क्रिन सट राखेकी थिइन् । आफ्नो बेइज्जत हुने डरमा काफ्लेले आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको भन्दै शिक्षिकालाई फेसबुकमा ब्लक गरेका थिए । यो विषय बाहिर आएपछि शुक्रबारदेखि नै काफ्ले कार्यालयमा अनुपस्थित छन् । अधिकृत काफ्लेले आफूले कसैसँग गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्। उता, ती शिक्षिकालाई भने म्यासेञ्जरको स्क्रिन सट किन र कसलाई दिएको भन्दै सबैले ¥याख¥याख्ती पारिरहेका छन् । गाउँपालिकाले बेइज्जती केस सामसुम पार्न खोजे पनि स्क्रिन सट सार्वजनिक भएपछि शिक्षिकाले स्क्रिन सट पठाएका कुन शिक्षक वा नेताले मिडियामा दियो भनेर खोजी गर्न थालिएको छ । उनीहरुले ‘स्क्रिनसर्ट कसलाई दिएको थियो’ भन्दै शिक्षिकालाई नै र्‍याखर्‍याख्ती पारिरहेको पनि स्रोतको दावी छ।

यो विषय जिल्ला प्रशासन कार्यालय मोरङमा पनि पुगेको छ। सीडीओ प्रेमप्रसाद भट्टराईले कानेपोखरीकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवसँग छलफल गरेको र यादवले काफ्लेलाई लिखित रुपमा स्पष्टीकरण समेत सोधेको जानकारहरु वताउँछन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष