सभामुख महामूर्ख,सचिव पटमूर्ख

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् ।होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।

बिज्ञापन

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो । उपाधिसँगै उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।

बिज्ञापन

विगत २८ वर्षदेखि आयोजना हुँदैआएको महामूर्ख सम्मेलन यस वर्ष मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको थियो । यस्तै यस बर्षको पटमूर्खको उपाधि  मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले पटमूर्खको उपाधि पाएका छन् भने मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर र गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्खको पदवी दिइयो ।

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, इञ्जिनियर सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख र पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरिएको छ ।

बिज्ञापन

त्यस्तै, मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकको दफा ४३ हटाउन ‘स्वार्थ समूह’को चलखेल : १५ असार अगाडि प्रस्तुत हुनेछैन प्रतिनिधि सभामा

संघीय निजामती सेवा विधेयक तुरुन्त जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठनको अपिल

सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

नियम विपरित काज सरुवा सामान्यले बदर गर्ने,विभागीय प्रमुख पदस्थापन गर्दा मन्त्रालयको सहमति अनिवार्य

उच्चस्तरीय सुशासन आयोग गठन भएको महिना दिन पछि डाकियो पहिलो बैठक

धुन्चेको ब्रावलमा चीनबाट आएकाे कन्टेनर दुर्घटना, स्वास्थ्य सामग्री रहेको खुलासा

सप्तरीमा दरबन्दी राखेर बर्ष दिनदेखि काजमा लुम्बिनीमै रमाइरहेका एक चिकित्सक

उसको सपना

बिशेष