सभामुख महामूर्ख,सचिव पटमूर्ख

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले महामूर्खको उपाधी पाएका छन् ।होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।

बिज्ञापन

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यो वर्ष मण्डललाई सो पदवी मिलेको हो । उपाधिसँगै उनलाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।

बिज्ञापन

विगत २८ वर्षदेखि आयोजना हुँदैआएको महामूर्ख सम्मेलन यस वर्ष मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको थियो । यस्तै यस बर्षको पटमूर्खको उपाधि  मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीले पटमूर्खको उपाधि पाएका छन् भने मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर र गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्खको पदवी दिइयो ।

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, इञ्जिनियर सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख र पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरिएको छ ।

बिज्ञापन

त्यस्तै, मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

बिशेष