सीआईबी प्रमुख ज्ञवाली,बज्राचार्यलाई तानियो हेर्डक्वार्टर

मन्त्रिपरिषद्को बैठकले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस उनलाई प्रहरी हेर्डक्र्वाटरको कार्यविभागमा तानेर त्यहाँ श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ ।

बिज्ञापन

सुन तस्करी जाँचबुझ आयोगले १५ जनालाई मुद्दा चलाउन र ११ जनालाई विभागीय कारबाहीको सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।

बिज्ञापन

जसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य, अनुसन्धानकर्ता एसपी सञ्जयसिंह थापा, डीएसपीसहित नेपाल प्रहरीका ४ जना, अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका २ जना सरकारी वकिल जनक घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।त्यसैगरी त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।
सोही सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले सीआइबीको प्रमुख परिवर्तन गरेको हो । मन्त्रिपरिषद्ले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बिशेष